गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनको वकपत्र
पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन्

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट केपी ओली नेतृत्वको सरकारले हिजो मात्रै पदमुक्त गरेका अमिक शेरचनले आफुले पदका लागि राजनीति नगरेको बताएका छन् ।
प्रदेश प्रमुखवाट हटाइएपछि आज विहानै पत्रकार सम्मेलन गरेर शेरचनले आफुलाई विभिन्न् अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पदको अफर आएपनि अश्वीकार गरेकोले पद र सत्ताका लागि असंम्वैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति आफु नभएको बताएका छन् ।
उनले लिखित रुपमा केही मन्तब्य र त्यसपछि पत्रकारहरुले सोधेका जवाफहरुको पनि सिलसिलेवार रुपमा जवाफ दिएका थिए । उनको लिखित र पछि पत्रकारहरुसँगको अन्तक्रियामा ब्यक्त धारणा यस्तो छ :-
आदरणिय पत्रकार साथीहरु
प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाँहरुप्रती आभार व्यक्त गर्दछौँ ।
पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओली जी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।
म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्विकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क यज्ञदेव आले, क।निर्मल लामा र क।मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरें । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।
सन्त नेता क।मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवि सर्वहारावर्गको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।
राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रमाज्यवादविरुद्धको संघर्षहरु पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमानसन्धि सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षडयन्त्र र गद्धारी गरेको छैन । नत अरबौं कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु बैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।
संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म बेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस् कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।
आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।
एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।
यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।
अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपील छ ।
- अमिक शेरचन
पत्रकारसँगको प्रश्नोत्तरमा शेरचन :
म पार्टीको एउटा अनुशासित कार्यकर्ता थिए । अरु कसैले पनि सन्तुष्टी ब्यक्त गर्नुभएन । मैले संसदमै म एउटा पार्टीको अनुशासित कार्यकर्ता भएकोले पार्टीको निर्णयलाई कार्यान्वयन गरेको मात्र हुँ भनेर सपथ ग्रहण गरेकै दिन पनि भनेको थिए । राष्टपति, प्रधानमन्त्री र प्रधानन्यायधिस सवै भएकै ठाँउमा पनि मैले त्यसै भनेको हुँ ।
पछि कार्यविधि ऐन संसोधन भएको रहेछ देउवाकालको भन्दा । देउवा कालमा कमसेकम मर्यादाक्रम पनि प्रदेश प्रमुखको माथी थियो । त्यही अध्ययन गरेको थिए । भईहाल्यो भन्ने लागेको थियो, असन्तुष्टि हुँदा हुँदै पनि । पछि उनीहरुले एउटा फाइल दिएका थिए । यहाँ ल्याएर हेर्दा त खत्तम । असाध्यै यस्तो बनाएको रहेछ की ओली जी को कार्यकालमा । त्यसप्रति कोही पनि प्रदेश प्रमुख सन्तुष्ट हुनुहुन्न । यो गलत भयो , हिजोको कुरा किन संसोधन भयो ? किन यस्तो बनाइयो भनेर सवैले राख्नुभयो ।
दोश्रो, अव महिले यहाँ गल्ती के गरेको छु भनेर हेर्दा तिमिीले यहाँ नेर गल्ती गरयौं भनेर भनेको भए, यहा नेर यहाँ नेर मैले गल्ती गरे भनेर महिले पछाडी फर्केर हेर्नुपर्ने हुन्थ्यो । हेर्थे होला । हाम्रो दुई नम्वरको प्रदेश प्रमुख तिलक परियारलाई पहिला हटाइयो । हटाउने बेला प्रधानमन्त्रीले के भन्न्ुभयो भने त्यस्तो ऐनलाई केन्द्रले केही निर्णय नै नभएको विषय त्यहाँ निर्णय गरेर बनाउने र त्यसमा लालमोहर लगाईदिने ? त्यत्रो ठूलो गल्ती गरेपछि अव कसरी हुन्छ भनेर भन्नुस् त भनेर मलाई भन्नुभयो । त्यसमा महिले धेरै वहस गर्न चाहिन ।
होइन, मलाई अव भयो, फेर्नु परयो भनेको भए म राजीनामा दिन्थे । म राजीनामा दिन राजीनामा नै बोकेर हिडेको मान्छे हो, प्रचण्ड जीलाई सोध्नुस् तपाईहरुले यो लेख्नुहोला ,प्लीज मेरो विन्ती छ । म वस्न नचाहेको मान्छे हुँ । तर एउटा कारण त्यो होला । अर्काे राजनीतिक कारण हो भने यहाँ कुनै प्रकारले पक्षपात गरेको प्रमाण हुनुपरयो । मैले राजनीतिक रुपले अब तत्कालिन एमालेको विपक्षमा, तत्कालिन कांग्रेस, माओवादीको पक्षमा काम गरेको केही रहेछु भने कारण देखाउनुस् ? सरकारले जे लियो , महिले सम्वैधानिक रुपले हेरे, संविधानले जे ब्यवस्था गरेको छ महिले त्यही निर्णय गरेको छु ।
यसलाई राजनीतिक प्रतिशोध भन्दा पनि यो राजनीतिक दिशा नै एकदमै निरंकुशतातिर गईरहेको मलाई अनुभूति भएको छ । निरंकुशताको पराकाष्टाको सूचक हो भन्ने मलाई लागेको छ ।
अव मैले यस अगाडी पनि अधिवेशन चलिरहेको थियो, सरकारले अन्त्य गर्ने सिफारिस गरयो, त्यसमा पनि महिले सभामुखहरुसँग सल्लाह गरिन । मुख्यमन्त्रीले नै सल्लाह लिनुपर्दथ्इो, नलिएरै उहाँले अन्त्य गर्नुभयो । त्यो पनि अझ विदाको दिन लेखेर ल्याउनुभयो, संविधान अनुसार महिले अन्त्य गरिदिए । महिले फर्काउन सक्थे, तर सरकारले गरेको निर्णयमा महिले निर्णय सम्वैधानिक रुपले दिनुपर्दथ्यो , विदाकै दिन भएपनि निर्णय सदर गरिदिए ।
अर्काेकुरा, विशेष अधिवेशनको आह्रवान भयो । अघिल्लो पटक पनि आह्रवान भयो, त्यसवेला पनि महिले कसैलाई सोधेर निर्णय लिएको थिइँन । दर्ता गरौं की नगरौं भनेर सोध्ने कुरा भएन, आईसकेपछि संविधानले जे अधिकार दिएको छ, त्यही गर्ने हो । दर्ता भयो, दर्ता भएपछि महिले पठाए । अहिले पनि दर्ता भयो, त्यही आधारमा पठाए । आफनो प्रक्रिया अनुसार, नपठाउनका लागि त्यस्तो खालको कुनै दवाव आएको थाहा छैन ।
१५ दिन भन्दा उता कति लाने ? कतिपय अवस्थामा १५ दिनभन्दा वढी लाने भन्ने हुदैन । संसदीय परम्परा अनुसार, हरके १५, १५ दिनमा एउटा प्रक्रिया छ । त्यही अनुसारको निर्णय गरेर पठाए । त्यसरी पठाए पनि त्यसले कुनै केही भएको थिएन । त्यसले आफनो सामान्य प्रक्रिया अनुसार नै गरिरहेको थियो ।
त्यसको बारेमा मुख्यमन्त्रीले म सँग आएर कुनै कम्प्लेन गर्नुभएन । दाई तपाईले किन यति समयमै पठाउनुभयो ? केही भन्नुभएन । त्यसकारण सायद वाहिर कसैले केही भनेको सुन्नुभएको छ भने त्यो कसैको ब्यक्ति विशेषको कुरा होला, सस्थागत कुनै केही कुरा आएको छैन ।
मलाई के लागेको छ भने, संविधानको प्रक्रिया अनुसार सहज तरिकाले गईरहेको हुन्थ्यो , सम्वैधानिक प्रक्रियावाटै टुंगो लगाएको भए कुरै सिद्दिहाल्थ्यो । त्यसलाई एउटा विषय बनाएर त्यसमो मेरो भूमिका के हो ? भन्ने विषय उठाएको मलाई त्यक्ति सान्र्दभिक लागेको छैन ।
अघिल्लो विशेष अधिवेशनका बेला पनि महिले जे भूमिका खेले, त्यसपछि अन्त्यमा उहाँहरुले मेलमिलापमा लगेर टुग्याउनुभयो । सवै सर्वदलीय बैठक वोलाएर भूमिका खेलेको थिए । अहिले पनि सर्वदलीय बैठक महिले बोलाउन लागेको थिए । बोलाउछु भनेर मुख्यमन्त्रीसँग पनि कुरा गरेको थिए, उहाँ फुत्त काठमाडौं दर्गुर्नुभएछ । काठमाडौं जानुभएछ, त्यसपछि भएन, भोलिपल्ट यो खवर मलाई पदमुक्त गर्ने भन्ने आईहाल्यो ।
अहिले सदन स्थगन भएको अवस्था थियो । यही बेला सवैलाई बोलाएर अस्थिरताले देशलाई हित गदैन, तपाईहरु स्थिरताका साथ जानुस् , त्यसको अवाश्यकता छ । स्थिरताले मात्र समृद्धि र विकास सम्भव हुन्छ भन्ने कुरा महिले सधै राख्दै आएको थिए । यसलाई उहाँहरुको वीचमा राख्छु र कसरी हुन्छ मेलमिलापका रुपमा जाओस् भन्ने सोचाई थियो ।
अहिलेको विशेष अधिवेशन अन्त्य गर्ने भन्नेमा मलाई कुनै शंका , केही पनि छैन । कुनै कसैले पनि अन्त्य गर्ने कुरामा अहिले संसदमा रहेको अविश्वास प्रस्तावको विषयमा कुनै निराकरण त हुनुपरयो । या प्रस्ताव फिर्ता हुनुपरयो, सवैभन्दा राम्रो त्यसो हुनुपरयो । फिर्ता लिएर त्यसको निकास दिनुपरयो । त्यसो नभई अन्त्य गर्ने बाटोमा जानुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो संकेत मलाइृ छैन ।
सभामुखले स्थगन गर्नुभएको विषय पनि मलाई थाहा थिएन । यदि स्थगन गर्ने कुरा महिले कुनै संकेत पाएको भए केही न केही सल्लाह दिन्थे । कुनै समय किटान गरेर मात्र स्थगन गर्ने नै हो भनेर भनेर भन्थे होला । त्यो उहाँको क्षेत्राधिकार भित्र पर्छ ।
विशेष अधिवेशन महिले आह्रवान गरेको यो नटुग्गिदै मलाई विदाई गरिसकिएको छ । अव आउने जिम्मेवार ब्यीक्तले यसलाई कसरी समाधान गर्ने गर्नुहोला । यसमा मेरो धारणा यही हुनछ भनेर भन्न सक्दिन । सर्वदलीय बैठक यस वीचमा एउटा गर्न पाएको भए यसो गर्नुस भन्ने मेरो सोच दिन्थे हुँला । त्योअ वसर महिले पाइन ।
विचाराधिन अवस्थामा रहेको प्रस्तावका बारेमा महिले वोल्नु त्यक्ति उपयुक्त हुदैन ।
म आनन्दसँग बसे, बसाईलाई हेर्ने हो भने सवैभन्दा आनन्द, काम गर्नु केही छैन, अधिकार केही छैन । आनन्द बसेको छ, खाएको छ । झन कोरोना आईदियो, घरभित्रै वस्यो , आनन्द थियो । प्रदेश सरकारको त्यस्तो असहयोग भएन । उहाँहरुले के महसुस गर्नुभएको छ, त्यो म जान्दिन ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया