तनहुँमा १०० शैय्याको आइसोलेशन कक्ष स्थापना

तनहुँ । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शैय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् ।
कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन कक्ष स्थापना गरेका हुन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शैय्याको आइसोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिए । नगरपालिका क्षेत्रमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उनले बताए ।
ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच÷पाँच शैय्याको आइसोलेशन कक्ष स्थापना गरेको बताएका छन् ।
व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गरेका छैनन् । व्यास–१ कराङकाठस्थित क्षेत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उनले जानकारी दिए ।
भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वारेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिइन् ।
पालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा तत्कालै आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको उनले बताइन् ।
बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । गाउँपालिकाभित्र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिंदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिए ।
देवघाट गाउँपालिकाले प्रत्येक नाकामा हेल्थ डेस्क राखेर उच्च सर्तकता अपनाउँदै आएको छ । एम्बुलेन्स भाडामा लिएर तयारी अवस्थामा राखिएको र प्रत्येक सामुदायिक वनको पैसाले बिरामी ओसारपसार गर्दा लाग्ने भाडा बेहोर्नुपर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाभित्र रहेका माध्यमिक तह र स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया