प्रहरीकाे सक्रियतामा अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण

काठमाडाैं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् ।
प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको उनले बताए ।
महामारीको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि सिलिण्डर स्टक नगर्न अनुरोध गर्दै प्रहरीले तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिसँग आवश्यकताभन्दा बढी सिलिन्डर भए उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।
यसैबीच आज प्रहरीले विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने ५ हजार ७९५ जनालाई होल्डमा राखी छाडेको छ । सो क्रममा ७०५ गाडी र एक हजार ५१४ वटा मोटरसाइकल गरी दुई हजार २१९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।









चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया