एमाले नेपाल पक्षका ६ जनाले हस्ताक्षर गर्न बाँकी

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आज सर्वोच्च जाने तयारी गरिरहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० जनाको हस्ताक्षर जुटेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी पेशमा नेपाल पक्षका २६ निवर्तमान सांसदले हस्ताक्षर गरेका थिए । सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधि सभाको पुर्नस्थापना गर्न माग गर्न सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गर्दा नेपाल पक्षका ६ जनाले हस्ताक्षर गर्ने बाँकी रहेको बताइएको छ ।
एमाले स्रोतका अनुसार ती ६ जनाले हस्ताक्षर नगरेपनि उनीहरुले पहिलेको हस्ताक्षर अनुसार प्रतिबद्धता जनाउन लगाउँदै छन् । ती ६ जनाले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा बहुमत जुटिको जनाइएको छ । आज सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा विपक्ष गठबन्धन हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त रहेको छ ।










जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया