आजको मौषम : शक्तिशाली चक्रवातले सगरमाथा आरोहण प्रभावित

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई धेरै शक्तिशाली चक्रवातमा परिणत भएपछि हिमाल आरोहण प्रभावित भएको छ । बंगालको खाडीबाट भारतमा पर्ने त्यसको असरको केही भाग नेपालसम्म वर्षाको सम्भावना छ भने हिमालमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले विशेष विज्ञप्ति निकालेर जानकारी दिएको छ । आज दिउँसो सोही चक्रवातका कारण धेरै ठाउँमा मौसम बदली हुनुका साथै हिमालमा हिमपात हुने भएपछि सगरमाथा आरोहणको काम प्रभावित भएको छ ।
न्युन चापीय क्षेत्र र त्यसबाट उत्पन्न चक्रवातका कारण आज देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हिजो मात्रै सगरमाथा शिखरमा सयौँ आरोही पुगेका थिए । तर मौसम बिग्रने पूर्व सूचना पाएसँगै उनीहरु बेसक्याम्पमा फर्केका छन् । यस सिजनको दोस्रो आरोहण हिजो मात्रै भएको थियो ।
उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले पनि विभागको विज्ञप्तिमार्फत मौसमी अवस्थालाई ध्यान दिन आरोहीलाई आग्रह गरेकी छन् ।
न्युन चापीय क्षेत्रको प्रभावका कारण बुधबारदेखि केहि दिन हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी, प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना छ। उच्च हिमाली भूभागहरूमा हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन विभागले आग्रह गरेसँगै आरोही निराश बनेर आधार शिविर फर्किएका हुन् ।
यसअघि भारतमा आएको ताउते आँधीका कारण तीन दिन पहिले पनि वर्षा भएको थियो ।

















देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया