२ बालबालिकासहित झुण्डिएको अवस्थामा ३ जना मृत फेला
मेरोन्यूज
२०७८ जेठ ११ गते १३:२८
काठमाडौँ । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । प्युठान नगरपालिका १ स्थित रातामाटा सामुदायिक जंगलमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको हो ।
प्युठान नगरपालिका २ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।
गैरेले मेरो न्युजलाई भने, ‘उनीहरू सोमबार माइत जान भनेर निस्किएका थिए । बिहान स्थानीयले सालको रुखमा झुण्डिएको अवस्थामा देखेपछि हामी त्यहाँ पुगेका हौँ ।’
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
सम्बन्धित
















यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया