गाडी र मन्त्रालयको मोटरसाइकल चोरी गर्ने १६ वर्षीय किशोरसहित दुई पक्राउ

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१–००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दाङ तुल्सीपुर उपमहानगरपालिका ९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका १ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका ५ घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरीले मगरलाई चोरी भएको उक्त मोटरसाइकलसहित बर्दियाबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले जेठ ४ गते राति पार्किङमा राखेको दाङ लमही नगरपालिका ५ बस्ने विजय केसीको भे.१ त १५२६ नम्बरको बलेरोसमेत चोरी गरी धनगढी उपमहानगरपालिका ८ स्थित सडकमा राखेको खुलेपश्चात सोमबार प्रहरीले उक्त बलेरोसमेत बरामद गरेको हो ।
१६ वर्षीय किशोरको चोरीयात्रा
थप अनुसन्धानको क्रममा अभियुक्तमध्येका १६ वर्षीय किशोरले २०७६ वैशाख २ गते काठमाडौँ महानगरपालिका ४ चप्पल कारखाना बस्ने रमन रेग्मीको बा.७१ प ७६३८ नम्बरको मोटरसाइकल, २०७६ साउन ४ गते दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित जिवेश नाथ योगीको रा.३ प ९३४९ नम्बरको मोटरसाइकल र २०७६ भदौ १० गते दाङ घोराही उपमहानगरपालिका नारायणपुर बस्ने राम बहादुर खत्रीको लु.१ च २६०३ नम्बरको कार चोरी घटनामा पक्राउ परी अनुसन्धान पूरा भएको थियो ।
साथै २०७७ जेठ ३ गते कैलाली धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीस्थित राजेन्द्र बहादुर मल्लको बा.८ च २१०० नम्बरको कार र २०७७ जेठ ७ गते धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडीस्थित डा. रविन्द्र भट्टको बा.१४ च ४७८१ नम्बरको कार चोरी घटनामा समेत ती किशोर पक्राउ परी दुवै मुद्दामा जिल्ला अदालत कैलालीबाट १ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भई बाल सुधार गृह डोटीमा सजाय भुक्तान गरी छुटेको खुल्न आएको छ ।
















यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया