बजेटप्रति मोरङका व्यवसायीको गुनासो

काठमाडौं । विराटनगर केन्द्रित व्यवसायिहरुले सीमापार व्यापारका अवरोध हटाउन र मुलुकभित्र औद्योगिक कच्चापदार्थको उत्पादन बढाउनमा सरकारले थप प्रयत्न गर्नु आवस्यक भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले उद्योग संगठन मोरङसँगको सहकार्यमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको बजेट र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा व्यवसायिले आफ्ना गुनासो र सुझाव दिएका हुन् ।
व्यवसायि पारस लुनियाले विद्युतीय सामाग्रीको आयातमा रजश्व घटाइएपछि अर्को समस्या देखिएको बताए । नेपालमै कसैले विद्युतीय सामाग्री उत्पादन गर्न चाह्यो भने के सुविधा छ ? भनेर उनले प्रश्न गरे । तयारी वस्तु र मध्येवर्ती सामाग्रीमा समान सुविधाले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने नेपालभित्रै उत्पादन गर्ने सम्भावना गुम्ने व्यवसायी लुनियाको बुझाइ छ ।
व्यवसायि सुरेन्द्र गोल्छाले पनि विदेशबाट तयारी सवारी साधन आयात गर्दा र नेपालमै उत्पादन पाउने छुट समान भएका कारण आन्तरिक उत्पादन बढाउन जटिलता हुने बताए ।
त्यस्तै संगठनका कोषाध्यक्षसमेत रहेका व्यवसायी विपिन काप्राले साबुनमा समेत अन्तःशुल्क लगाइएको भन्दै गुनासो गरे । उनले चाउचाउमा अन्तशुल्क लगाउने तर विस्कुटमा नलगाउने परिपाटीले सरकारको वर्गीकरण प्रभावकारी नभएको बताए । ‘एउटै कच्चापदार्थ प्रयोग हुने र एकै किसिमका उपभोक्ताले उपभोग गर्ने वस्तुमा पनि यो विरोधाभाष छ,’ कोषाध्यक्ष काप्राले भने, ‘यसलाई सच्याइनुपर्छ ।’
व्यवसायि सोम अधिकारीले दक्षिण एसियाली स्वतन्त्र ब्याजार क्षेत्र (सफ्टा) सम्बन्धी सम्झौताका कारण तयारी वस्तु र कच्चापदार्थको लागत बराबर पर्न आएको बताए । उनले भने ‘सार्क मुलुकबाट तयारी वस्तु आयउात गर्दा ५० प्रतिशत भन्सार महशुल फिर्ता हुने व्यवस्थाले अप्ठ्यारो पारेको छ ।
व्यवसायी सौरभ शारडाको गुनासो अर्कै थियो । विजुलीको तार उत्पादन गर्ने उनले अहिले पनि आफ्नो उद्योगले ४० प्रतिशतभन्दा बढी क्षमता उपयोग गर्नै नपाएको बताए ।
व्यवसायी प्रदीप शारडाले सरकारले मदीरामा अन्तःशुल्क बढाउँदै जाँदा भारतबाट चोरी पैठारी भएर नेपाल आउने जोखिम बढेको बताए ।
व्यवसायीहरुले अमरडुवामा बनाउने भनिएको विशेष आर्थिक क्षेत्रको प्रक्रीया चाँडो सुरु गर्न, कृषिमा आयकर पूणर् छुट दिन, उद्योग वाणिज्य महासंघ र सीटीईभीटीको सहकार्यमा ‘अन द जब’ तालिमको व्यवस्था कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।
त्यस्तै महामारीको बेला राष्ट्र बैंकको निर्देशन विपरित अहिले पनि बैंकहरुले ब्याजदर बढाउने र छुट तथा सहुलियत नदिने गरेको गुनासो व्यवसायीले गरेका छन् । पुर्वी तराईका इट्टाभट्टामा भारतीय कामदारको अभावले काम हुनै नपाएको भन्दै केही व्यवसायिले कामदार भित्र्याउनका लागि कूटनीतिक पहल गरिदिन सरकारलाई अनुरोध गरेका छन् ।
यद्यपि, संगठनले अघिल्ला वर्षका बजेटभन्दा पछिल्लो बजेटमा निजी क्षेत्रका चासोलाई धेरै हदसम्म सम्बोधन गरिएको भन्दै सबैजसो व्यवसायिले सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले बजेटको यथाशीघ्र कार्यान्वयनमा जोड दिएका छन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया