विश्वकप छनोटमा नेपालले आज एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दै

काठमाडौं । कतारमा आगामी वर्ष हुने विश्वकप फुटबल तथा एसीयन कप फुटबल २०२३ को छनोट खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतस्थित जाबेर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । एसीयाली पावरहाउस अष्ट्रेलियाबिरुद्ध मैदान उत्रदा नेपाल आफ्नो प्रर्दशन सुधारको लक्ष्यमा हुनेछ ।
छनोटमा २ जित र ५ हार भोगेको नेपाल विश्वकप छनोटमा अपराजित रहेको अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो ।
विश्वकप छनोट हुन नसकेपनि नेपालको एसीयन छनोटको अर्को चरण प्रवेशको सम्भावना कायमै छ ।
टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट खेल खेल्ने बताए । नतिजा आफ्नो ठाँउमा भएपनि नेपालले राम्रो प्रर्दशन गर्ने उनको भनाई छ ।
५ पटक विश्वकप फुटबल खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराउँदै छनोटको अर्को चरण प्रवेश गर्न चाहन्छ । यसअघि क्यानबेरामा भएको पहिलो लेगमा अष्ट्रेलियाले ५–० को जित निकालेको थियो ।
पालविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया भने फराकिलो नतिजाको खोजीमा हुनेछ । समुह बी अन्तर्गतको खेलमा आजै राती जोर्डन र कुवेतपनि आमने सामने हुनेछन् ।


















बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया