आइतबार, फागुन १०, २०८२

वैदेशिक रोजगारीको पीडा बोकेको ‘सनैया’

किरण अधिकारी २०७८ असार ५ गते १६:४६

नेपाली राष्ट्रिय दैनिक कान्तिपुर पत्रिकाका पत्रकार होम कार्कीद्वारा लिखित ‘सनैया–मरुभूमिकमा जीवन खोज्नेहरुलाई पछ्याउँदै’ पुस्तक प्रकाशन भएको छ । कोरोनाको कालो बादलले वैदेशिक रोजगार जगत् उदाउन नसकेको बेला यो पुस्तक एक आर्थिक उन्नतीका लागि वैदेशिक रोजगारसँगको प्रेममा रचेको समस्या ग्रस्त लाग्छ ।

Advertisement
nepal life insurencenepal life insurence

भूमिका र अन्त्यमा आभार प्रकट गरिएको ३८० (पुस्तक ३५९, फोटोहरु, भूमिका र आभार २१) पृष्ठको पुस्तकमा वैदेशिक रोजगारका लागि खाडी मुलुक गएकाहरूले पाउने दुःखको पहाड संकलित पुरानो दोहादेखि नयाँ दोहासम्म, काठमाडौँमा भिसा झर्यो, सेवा शुल्कको सामना, करार पत्रको झेललगायतका विभिन्न १८ शीर्षकमा कथाहरू छन् ।

वैदेशिक रोजगारीमा प्रयोग हुने आर्थिक पीडाको स्थलगत व्याख्या गर्दै पुस्तकमा कार्की लेख्छन्, ‘अहो, यहाँ त टिक्न सकिन्न कि क्या हो ? मनमा डर उब्जियो । खाडी क्षेत्र र त्यस वरिपरीका देशमा रहेका नेपाली कामदारको विषयमा स्थलगत रिपोर्टिङ पठाउने र नेपालस्थित टिमसँग समन्वय गरी कतार संस्करणको ब्युरो सम्हाले ।’

मानिसको जीवनलाई वैदेशिक रोजगारको पीडाको कथामा प्रभावकारी तरिकाले रुपान्तरण गर्न आर्थिक दिग्दर्शक (आर्थिकमा वैदेशिक रोजगराको ज्ञान भएका नभएका)हरूमा निहीत रोजगार सम्बन्धी ज्ञान, लोभ र चेतको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

सनैया वास्तवमा कतारमा काम गर्न जाने कामदार÷मजदुरहरूका लागि बनाइएको क्याम्पको नाम हो । यसै नाममा खाडी मुलुक, कामदार, म्यानपावर कम्पनी, रेमिट्यान्सका लागि लाखौं युवाले आफ्ना उमेरका हात खियाइरहेका छन्, जिविकोपार्जन र रकम कमाउनका लागि ।

यिनै कामदारहरूका दिनचर्या, पीडा र प्राप्तिका कथाहरू मार्मिक रुपले लेखेकाले आँसु पुछ्दै पुस्तक सकिन्छ ।

नेपालीको सपना, पीडा र समस्याको चित्रण छ, सनैयामा । सामाजिक र आर्थिक पक्षहरूलाई विश्लेषण योग्य ढंगले प्रस्तुत हुँदा परिस्थिती बुझ्दा पीडा हुन्छ । मनैबाट सहयोगको पाइला सर्न खोज्छ । यथार्थपरक ढंगमा उतारिएको सनैया स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सामाजिक अभियन्ता, राजनैतिक नेता÷कार्यकर्ता, सरकारी कर्मचारी र नीति निर्माताहरूका लागि पनि बाटो देखाउने काम गर्छ, सनैयाले ।

मरुभूमिमा जीवन खोज्नेहरुलाई पछ्याउँदै इमान्दारिता, लगनशीलता र धैयर्ताका साथ जोखिम उठाउँदै सनैया तयार पारेका कार्कीले वैदेशिक रोजगारबाट कूल ग्राहस्त उत्पादको कुरा बिर्से । पीडा मात्र देखे । कलाकार हरिवंश आचार्यले भने झै मान्छेलाई रुवाउन सजिलो हुन्छ । पीडा देखायो रुन्छन् । कार्कीले रुवाउने काम मात्र गरेका छन् । उनको कमजोरी यहाँ देखिन्छ ।

दोस्रो, काठमाडौंमा भिसा झर्यो । वैदेशिक रोजगारीले विप्रेसनद्वारा नेपालको अर्थतन्त्र हाक्ने कदममा बाहिर जान भिसाको आवश्यक पर्छ । २०१३ सालमा सीधै कतार जाने उडान नभएकाले नेपालीले संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा हुँदै कतारको दोहा जानु पथ्र्यो । त्यसको लागि भिसा र टिकट जानेबेला मात्र देख्छन्, नेपालीले ।

तेस्रो सेवा शुल्कको शासन । वैदेशिक रोजगारीमा जानेले विभिन्न शीर्षकमा सेवा शुल्कवापत लिने रकमको मारमा परेका उदाहरण देख्न पाइन्छ । वास्तवमा भन्ने हो भने श्रमिकको भिसा र टिकट खर्च रोजगारदाताले बेहोर्ने छ । अझ भिसाको बेचबिखन भएमा ५० हजार रियलसम्म जरिवाना तोकिएको छ । सन् २००५ मा नेपाल र कतारबीच भएको श्रम सम्झौताले पनि भिसा र टिकटको शुल्क रोजगारदाताले नै तिरिरहेको अवस्थामा नेपालीले पैसा खर्च गर्नु परेको कथासँगै जानकारी समाजसँग जोडर लेखक कार्कीले प्रस्तुत गरेका छन् ।

वैदेशिक रोजगारसम्बन्धी सबै निकायलाई ब्यूँताएका छन्, कार्कीले । चौथोमा आर्थिकको बहु आयामिकताभित्र गरिएको पिडामा उपलब्ध भएका अवधारणाको संग्रह करार पत्रको झेल भएको प्रस्ट्याएका छन् । पाँचौमा कफलताको अंकुशले मानव जीवनसँगको सम्बन्धलाई सार्थक बनाएको लेखकले देखाएका छन् ।

यसैगरी १८ शीर्षको कथाको व्याख्या गर्नुभन्दा संक्षिप्तमाा भन्दा कार्की लेख्छन्, ‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरूलाई भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो, फिटिक्कै निदाउन सक्दिनथेँ, ती झझल्कोहरूलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो ।’

मानिसको जीवनमा व्याप्त असन्तुष्टि, बेखुसी, गरिबी, अशिक्षा, भोकमरी, युद्ध, त्रासदी तथा महामारीजस्ता जटिलताले पात्रको मनोवैज्ञानिक पाटोमा गहिरो असर पार्ने हुनाले जटिलता अवश्य पनि एकांकी नभई बहुआयामिक र द्वन्द्वात्मक हुनेलाई वैदेशिक रोजगारको इतिहास, सामाजिक, आर्थिक र उत्तरदायित्वको पाठ पढाएका छन्, लेखकले ।

वैदेशिक रोजगारको अस्तित्वको एउटा महत्त्वपूर्ण पक्ष व्यक्तिको ज्ञान हो । समाजका हरेक व्यक्ति आर्थिक कमाउने प्रश्न बोकेर उत्तर खोजिरहेको हुन्छ वैदेशिक रोजगारीमा । तसर्थ, समाज निरपेक्ष र निष्क्रिय देखिन्छ । वास्तवमा आर्थिक समाज र उत्तरदायित्वको अस्तित्व हो, जसको कुनै खास अवस्था देखिदैन र एकै किसिमको चाहनामा रकम हुन्छ । घरको समाजको खास स्वरुपको निश्चितता रकम भएकाले वैदेशिक रोजगारी बाटो हुन्छ ।

समग्रमा वैदेशिक रोजगारीमा जाने, पठाउन खोज्ने, मिडिया रिपोर्टिङ गर्ने पत्रकार र अर्थशास्त्र तथा सामााजिक पढ्ने विद्यार्थीका निम्तिसमेत पुस्तक सहयोगी हुनेमा द्विविधा छैन ।

लेखक : होम कार्की
प्रकाशक : किताब पब्लिसर्स प्रा.लि.
मूल्य : रु. ५४०
पृष्ठ : ३८०

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया