थप ४,९५४ जना संक्रमणमुक्त हुँदा ४,५२२ जनामा संक्रमण
मेरोन्यूज
२०७८ असार ८ गते १७:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र एन्टिजेन विधिबाट ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै, नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् ।
नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया