थप ४,९५४ जना संक्रमणमुक्त हुँदा ४,५२२ जनामा संक्रमण
मेरोन्यूज
२०७८ असार ८ गते १७:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र एन्टिजेन विधिबाट ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै, नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् ।
नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया