निधि, कोइराला र सिंहको निचोड : केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका बारेमा पटक–पटक छलफलमा जुटिरहेका पार्टीका संस्थापक नेताका छाराहरू डा शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।
आगामी शुक्रबार कोइराला निवास महाराजगञ्जमा तीनै नेताले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निधो निकालेका हुन् । सिंहको निवासमा आज मंगलबार बसेको तीन नेताको ३ घण्टाभन्दा लामो छलफलले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निधो गरेका हुन् ।
कोइराला, निधि र सिंह कांग्रेसको १४ औँ महाधिवशेनमा सभापतिका आकांक्षी हुन् । पार्टीको महाधिवशेन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनका बारेमा तीन नेताले आआफ्नो घरमा बोलाएर छलफल गरिरहेका छन् । निधिको विवाह वर्षगाँठका अवसर पारेर उनको नयाँ बानेश्वरस्थित निवासबाट उनीहरूको छलफल शुरु भएको थियो ।
कांग्रेस नेतात्रयको लञ्च मिटिङ सुरु
दोस्रोपटक कोइराला निवास र आज सिंह निवास चाक्सिबारीमा तीन नेताको छलफल भएको हो ।
‘आउँदो शुक्रबार महामन्त्री कोइरालाको निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्छौं,’ सिंहले भने । उनका अनुसार असार १८ गते कोइराला निवासमा केन्द्रीय सदस्यहरूसँग महाधिवेशन केन्द्रीत छलफल गर्न लागिएको हो ।
निधि, कोइराला र सिंहको निचोड : केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने
आज उनीहरूले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमा गर्नेलगायत विषयमा छलफल भएको थियो । ‘क्रियाशील सदस्यताबारे केही विवाद छन्, प्रक्रिया पुगेकालाई क्रियाशीलबाट बञ्चित गर्न हुन्न,’ सिंहले भने ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया