द्धन्दकालमा बेपत्ता भएका भनिएका ३१ जना परिवारसँगै, आयोग अझै उजुरी छानविन मै व्यस्त

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्दमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।
“बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, “अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।”
आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोटको विदुर नगरपालिका–१२ का लछुमनप्रसाद भट्ट, स्याङ्जाको वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलालीको घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलामको माइनगरपालिका–७ का चन्द्रबहादुर शाह रहेका छन् ।
त्यस्तै झापाको कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवनको भरतपुर महानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ का उमेश विक, दार्चुलाको नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुराको परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखाको नारेश्वर–६ का राजुविक्रम शाह फेला परेका हुन् ।
फेला परेका अन्य व्यक्तिमा मोरङको मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुरको गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँको म्याग्दे गाउँपािलका–१ का शिवप्रसाद खनाल रहेका छन् ।
त्यस्तै भोजपुरको भोजपुर नगरपालिका–३ का रामकुमार राई, रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, सङ्खुवासभाको चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटीको शिखर नगरपालिकाका जनक भण्डारी, चितवनको रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहटको गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् ।
दैलेखको नारायण नगरपालिका–६ का जयाप्रसाद जैशी, स्याङ्जाको पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यानको कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाहीको बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिएका छन् ।
नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्दका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ जना फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् ।
आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो । साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।
आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ ।
उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ । (रासस)
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया