जनमोर्चा सरकारमा नजाने, सरकारलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भने समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले औपचारिक निर्णय गरेको छ ।
जनमोर्चाको बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष चित्रवहादुर केसीले जानकारी दिए । देशको समसामयिक राजनीतिक परिस्थिति, नवगठित देउवा नेतृत्वको सरकारप्रति पार्टीको नीति, पुर्नस्थापित प्रतिनिधिसभाको स्थायित्व र निरन्तरता, पूर्नस्थापित संसदका विरुद्ध हुन सक्ने सम्भावित प्रतिगामी षड्यन्त्र तथा त्यो षड्यन्त्रका विरुद्ध पाँच दलीय गठनबन्धनका बीचको सहकार्यको निरन्तरताका विषयमा बैठकमा छलफल भएको केसीले बताए ।
केसीले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसद्बाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।
जनमोर्चाले सर्वोच्चको फैसला र जनताको आन्दोलनको बलबाट प्रतिगमन परास्त भएर संविधानलाई सही बाटोमा हिँडाउने कार्य भए पनि मुलुकको संक्रमणकालको फाइदा उठाएर प्रतिगमी तथा विदेशी शक्तिहरुले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियताका विरुद्ध षड्यन्त्र गर्न सक्ने वा नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना पनि कायमै रहेको पनि बताएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया