जनमोर्चा सरकारमा नजाने, सरकारलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भने समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले औपचारिक निर्णय गरेको छ ।
जनमोर्चाको बुधबार केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष चित्रवहादुर केसीले जानकारी दिए । देशको समसामयिक राजनीतिक परिस्थिति, नवगठित देउवा नेतृत्वको सरकारप्रति पार्टीको नीति, पुर्नस्थापित प्रतिनिधिसभाको स्थायित्व र निरन्तरता, पूर्नस्थापित संसदका विरुद्ध हुन सक्ने सम्भावित प्रतिगामी षड्यन्त्र तथा त्यो षड्यन्त्रका विरुद्ध पाँच दलीय गठनबन्धनका बीचको सहकार्यको निरन्तरताका विषयमा बैठकमा छलफल भएको केसीले बताए ।
केसीले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसद्बाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।
जनमोर्चाले सर्वोच्चको फैसला र जनताको आन्दोलनको बलबाट प्रतिगमन परास्त भएर संविधानलाई सही बाटोमा हिँडाउने कार्य भए पनि मुलुकको संक्रमणकालको फाइदा उठाएर प्रतिगमी तथा विदेशी शक्तिहरुले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियताका विरुद्ध षड्यन्त्र गर्न सक्ने वा नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना पनि कायमै रहेको पनि बताएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया