नेता रिजालले भने : एमाले ! सीमाभित्र बस्नुस्
मेरोन्यूज
२०७८ साउन ३ गते १९:०६

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ठिक ठाउँमा बस्न आग्रह गरेका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा सभाको बैठकमा बोल्दै उनले एमालेलाई आफ्नो सीमा नबिर्सन आग्रह गरेका हुन् ।
‘संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने ?,’ उनले भने, ‘नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरी कोरोनाको बाटोमा धकेल्ने ? अध्यादेश ल्याएर मन पर्ने गर्ने ?’
शेरबहादुर देउवाले विश्वासको मत पाएपछि कसरी संसद चल्छ ? कसरी सरकार चल्छ ? भन्ने कुुरा हेर्न आग्रह गरे ।
‘नेपालको अदालतले कठिन अवस्थामा सही बाटो देखाउँदै आएको छ, योपटक मात्र होइन,’ उनले भने, ‘कोरोनाको खोप नपाएको अवस्थामा खोप किन्ने पैसा भ्रष्टाचार गरेको देखेका छौँ ।’
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया