आजको राशिफल : तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको पाँच गते मंगलबार, आषाढ शुक्लपक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी, आज तुलसी रोप्ने दिन रहेको छ । आजबाट चतुर्मास व्रत आरम्भ हुने दिन रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा निराशाले सताउने छ । तनावको अनुभुति मात्र बढि हुने भएकाले मन खुशी हुन सक्ने छैन । आम्दानीमा पनि बृद्धि हुने छ । पेशाप्रतिको समर्पण बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग सम्पन्न गर्ने तर्फ जाँगर आउने छ ।
वृष
बोलीको प्रभाव बढ्ने छ । रिस नियन्त्रण गर्न प्रयास गर्नु होला । दाम्पत्य जीवनमा कटुताको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि प्राप्त हुन जाने छ । तर साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ ।
मिथुन
आन्तरिक बुद्धि भने सक्रिय हुने हुँदा बाठोपना कायम हुने छ । धन सम्पत्ति नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । मनमा दुविधाका क्रम एकपछि अर्काे गरि आउने छन् । पेशागत जीवन औसत रहने छ । व्यवस्थापकीय क्षमतामा केही बृद्धि हुने छ ।
कर्कट
मनोबलमा कमि आउने हुँदा कार्य सम्पन्नतामा बाधा हाल्ने छ । पेशागत जीवन निकै धैर्य भएर कदमहरु चाल्नु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सन्तुलित बनाई राख्न मद्धत पुग्ने छ । अध्ययन अध्यापन प्रति निराशा आउने छ ।
सिंह
व्यक्तित्वमा ह्रास आउने छ । तर बोलीको प्रभावले गर्दा केही लाभ भने प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि केही बृद्धि हुने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई जोड दिनु उपयुक्त हुने देखिन्छ । सुख सुविधाका विषयहरु खासगरी घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ ।
कन्या
आम्दानीका विषयमा उल्झनहरु र रोकावट देखा पर्ने छ । पेशागत जीवन स्थिर र सन्तुलित रहने छ । प्रभावकारी बोलीका कारण पेशागत जीवनमा सकारात्मक अवस्था देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेवारीमा सफलता हात लाग्ने छ ।
तुला
पारीवारिक विषयमा मनमा नकारात्मक विचारले सताउने छ । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु होला, अन्यथा कटु बोलीका कारण कामहरुमा बाधा आउने छन् । आम्दानीमा केही बृद्धि हुने छ भने पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उत्तम हुने छ ।
वृश्चिक
मनमा धेरै कुरा खेलाउने भन्दा हल्का रुपमा लिने र मनलाई शान्त बनाउने प्रयास गर्नु होला । मनमा निराशाका भावहरुले छोप्ने छन् । पेशागत जीवन भने स्थिर रहने छ र आम्दानीमा पनि केही बृद्धि नै हुने हुँदा राहत मिल्ने छ । बोलीको प्रभावकारीतामा भने ह्रास आउने छ । व्यवस्थापकीय खुवीमा पनि गिरावट देखा पर्ने भएकाले धेरै जोखिममा जाने समय भने रहेको छैन् ।
धनु
सोच्नै नपर्ने विषयमा पनि मन केन्द्रीत हुन पुग्दा मानसिक शक्ति अनावयश्यक रुपमा खेर जाने छ । मनमा दुविधा र अन्योलले सताउने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु उठाउँदा ठिक हुने छ । धेरै जोखिम भन्दा निरन्तरताको कदम उपयुक्त हुने समय देखिएको छ ।
मकर
व्यक्तित्व भने दृढताले भरिएको हुने छ । पेशागत जीवनमा द्वन्दसहित अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई आफ्ना विषयमा अघि बढ्नु पर्ने हुन सक्छ । साझेदारीमा गरिएका काममा अवरोधहरु र उतार–चढाव देखा पर्ने छ । आम्दानीमा गिरावट आउने छ भने यस विषयले मनमा पीडा दिइरहने छ ।
कुम्भ
आन्तरिक रुपमा बाठो व्यक्तित्व बन्ने छ । व्यक्तित्व पनि बौद्धिक स्तरको हुने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने छन् । जसले गर्दा मनमा अन्योलताको मात्रा पनि बढाई दिने छ । साझेदारीमा गरिएका कामहरुमा पनि चर्काचर्कीको अवस्था आउने देखिन्छ ।
मीन
आम्दानीमा हल्का केही बृद्धि हुने छ । पेशागत जीवनमा जोखिम देखिएको छ, अपमान सहनु पर्ने समय सक्रिय रहेकाले कामहरु धैर्य भएर गर्नु नै उत्तम हुने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा मद्धत पुग्ने छ । भाग्यहिनताको आभाष मनमा भइरहने छ । जसले गर्दा असफल हुन्छु कि भन्ने मनमा लाग्न जाने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















सुनको मूल्यले आज पनि रेकर्ड कायम्, कतिमा हुँदैछ काराेबार ?
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया