सोमबार, माघ १२, २०८२

वागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चचिम प्रदेशमा भारी वर्षा हुने

मेरोन्यूज २०७८ साउन ५ गते ८:३०

काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको देशभर सामान्यदेखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया