शनिबार, चैत १४, २०८२

सर्वाेच्चकाे फैसलाले निर्दलीय व्यवस्थालाई प्रश्रय दियाे : बादल

मेरोन्यूज २०७८ साउन ७ गते १५:३८

काठमाडौं । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक आन्दोलनका निम्ति पुष्पलालले जीवनभर योगदान गरेकाे बताएका छन् । पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा विहीबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा र अग्रगमनको संकल्प नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने पनि बताए ।

Advertisement
nepal life insurencenepal life insurence

कम्युनिष्ट पार्टीको पुनःनिर्माण अब नयाँ शिराबाट अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीमा अन्तरसंघर्ष हुनु स्वभाविक भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीप्रति बेइमानी गरेकाे बताए ।

“अन्तरसंघर्ष र षडयन्त्र फरक कुरा हो, वैचारिक संघर्ष गर्दा पार्टीमा विकास र नयाँ निर्माण हुन्छ” उनले भने । पार्टीभित्रको अन्तर संघर्ष अहिले वर्ग संघर्षमा परिणत भइसकेको जिकिर गर्दै नेता थापाले सही विचारको आधारमा पार्टीलाई पुनःनिर्माण गर्न आवश्यक रहेकामा जाेड दिए ।

संविधानको धारा ७६ उपधारा ५ ले निर्दलीयताको बाटो खोलेकाले त्यस धारालाई संशोधन गर्न आवश्यक रहेको उनकाे भनाइ थियाे । पार्टीमा अहिले शुद्धीकरण अभियान शुरुभएको बताउँदै उनले विचार र सिद्धान्तबाट विचलित भएकाहरु पार्टीबाट अलग भएर गएको टिप्पणी गरे ।

लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाई संस्थागत गर्न सबै लाग्नुपर्ने उनकाे जाेड थियाे । समाजवाद स्थापनाका लागि पनि लोकतन्त्र संस्थागत आवश्यक रहेको बताउँदै नेता थापाले भने, “पुष्पलालको सपना साकार गर्न पनि हामी त्यो बाटोबाट हिँड्न जरुरी छ ।”

नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा ह्विप नलाग्ने फैसला गरेको भन्दै सर्वाेच्चकाे फैसलाले निर्दलीय व्यवस्थालाई प्रश्रय दिएकाे बताए ।

प्रतिक्रिया