देउवाले पार्टी बैठक बालुवाटारमा नराख्ने,भोलिको पदाधिकारी बैठक बुढानिलकण्ठमा

काठमाडौं । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक साउन ८ गते बस्ने भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
गत शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक सरकारी निवास बालुवाटारमा बैठक राखेका थिए । जसको चर्को आलोचना खेपेका देउवाले अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका हुन् ।
गत शनिवारको बैठकमा पार्टी सभापति देउवालाई आफ्नै पार्टीका नेताहरुले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्न आग्रह गरेका थिए । उक्त बैठकमा पार्टी कार्यालयमा धर्ना भएकाले बालुवाटार राखेको देउवाले बताएका थिए ।
महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टी बैठक बालुवाटारमा नहुने जानकारी दिए । कांग्रेसले १४ औं महाधिवेशन तयारीका लागि बैठक केन्द्रित रहने बताइएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया