ओली मन्त्रीमण्डलका सदस्य देउवा सरकारमा मन्त्री नबनाउने प्रचण्डको उद्घोष

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई नदोहोराउने वताएका छन् ।
मओवादीले कांग्रेससग सत्ता साक्षेदारीका क्रममा पाउने मन्त्रालयमा प्रचण्डले ओलीको नेतृत्वमा मन्त्री भएका कसैलाई पनि दोहोराउनेतिर आफुले अहिले सोच्दै नसोचेको बताएका हुन् ।
सुदुरपश्चिम प्रदेशका माओवादी अगुवा नेताहरुसँग बिहिबारको भेटमा अध्यक्ष प्रचण्डले ओली सरकारमा मन्त्री बनेकाहरु अब नदोहराउने जानकारी दिएको भेटमा सहभागी एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।
पर्टीभित्र अवसर समानुपातिक वाँडफााड गरिने र राम्रो क्षमता प्रर्दशन गर्न सक्ने सम्भावना वोकेका नेताहरुलाई पनि अवसर दिइनेतिर पार्टीले यो पटक सोचेको भन्दै प्रचण्डले ओली सरकारका पालामा मन्त्री बनेकालाई नदोहोराउने प्रतिवदता जनाएका हुन ।
यदि ओली सरकारमा मन्त्री बनेकालाई माओवादी केन्द्रले नदोहोराउने गरी निर्णय लिन खोजेको हो भने नेताहरु वर्षमान पुन, गिरीराजमणी पोखरेल, मातृका यादव, चक्रपाणी खनाल, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायत नेताहरु देउवा नेतृत्वको यो सरकारमा मन्त्री बन्न पाउने छैनन । यी नेताहरु ओलीको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
ओलीले गत पुस ५ मा संसद विघटन गरेर प्रतिनिधीसभा भंग गर्ने निर्णय लिएपछि त्यसवेला नेकपामै रहेका योगेश भट्टराई, घनश्याम भुषाल सहित पुन, पोखरेल, मगर, वस्नेतले राजीनामा दिएका थिए ।
त्यसभन्दा अगाडी नै यादव र खनाल हटेर उनका ठाँउमा नयाँ मन्त्रीबाट फेरिएका थिए । त्यष्सवेला माओवादीबाटै मन्त्री बनेका रामवहादुर थापा (बादल) भने नेकपाको एकता सदर नभई एमाओ–माओवादी अलग बनाउने सर्वाेच्चको फैसलापछि एमालेमै रहेका थिए ।
प्रचण्डको योजना सफल भएमा यि नेताहरु अब मन्त्री बन्न पाउने छैनन् । सुदुरपश्चिमका नेताहरुसँग प्रचण्डले देउवा सरकारमा माओवादीबाट सुदुरपश्चिमको प्रतिनिधित्व गराउने आश्वासन पनि दिएका थिए ।
उनले सकेसम्म थारु समुदायबाट मन्त्रीमण्डलमा सहभागी गराउन प्रयास गर्ने बताएका थिए । सुदुरपश्चिमबाट राष्ट्रियसभाका सदस्यहरु हरी चौधरी ‘उत्सव’ र तारामान स्वाँरले मन्त्री बन्न तिव्र लविङ गरीरहेका छन् ।
सुदुरपश्चिम माओवादीबाट निर्वाचित सांसदहरु लेखराज भट्ट र गौरीशंकर चौधरी एमालेमा प्रवेश गरेपछि भट्ट र चौधरीलाई देखाउनकै लागि भए पनि सो क्षेत्रबाट माओवादी नेताहरुलाई केन्द्रमा मन्त्री बनाउनै पर्ने दबाब परेको छ ।
माओवादीबाट नारायकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, मनलाल मोदीलगायतका नेताहरू मन्त्री बन्ने दौडमा रहेका छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया