संविधानको धारा ७६ (५) किन राखेको सुवास नेम्वाङलाई थाहा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आफूलाई विश्वासको मत दिन अनुरोध गरेको तर कसैलाई केही नगरेको बताएका छन् । उनले नेकपा एमालेका नेता सुवास नेम्वाङप्रति लक्षित गर्दै विश्वासको मत लिन अनुरोध गर्न पनि नपाइने होर भनेर प्रश्न गरेका थिए ।
यस्तै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे पूर्व सभामुख नेम्वाङलाई बढी थाहा हुने बताए । नेम्वाङले प्रधानमन्त्री देउवा सर्वोच्च अदालतबाट प्रधानमन्त्री बनेको भनेसँगै देउवाले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै आफ्नो सरकारले सबै जनतालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने तयारी गरेको बताए । उनले भने, ‘हामीले ऋण लिएर भए पनि सबै जनतालाई कोरोनाविरुद्धको खोप दिन्छौँ, हामी खोपको व्यवस्था गर्छौँ ।’
बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली किन अनुपस्थित भएको भन्दै सभामुखमार्फत प्रश्न गरेका थिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया