संविधानको धारा ७६ (५) किन राखेको सुवास नेम्वाङलाई थाहा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आफूलाई विश्वासको मत दिन अनुरोध गरेको तर कसैलाई केही नगरेको बताएका छन् । उनले नेकपा एमालेका नेता सुवास नेम्वाङप्रति लक्षित गर्दै विश्वासको मत लिन अनुरोध गर्न पनि नपाइने होर भनेर प्रश्न गरेका थिए ।
यस्तै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे पूर्व सभामुख नेम्वाङलाई बढी थाहा हुने बताए । नेम्वाङले प्रधानमन्त्री देउवा सर्वोच्च अदालतबाट प्रधानमन्त्री बनेको भनेसँगै देउवाले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै आफ्नो सरकारले सबै जनतालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने तयारी गरेको बताए । उनले भने, ‘हामीले ऋण लिएर भए पनि सबै जनतालाई कोरोनाविरुद्धको खोप दिन्छौँ, हामी खोपको व्यवस्था गर्छौँ ।’
बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली किन अनुपस्थित भएको भन्दै सभामुखमार्फत प्रश्न गरेका थिए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया