सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश, आइजीको बन्ने सम्भावना कती ?

काठमाडौं । अवकासमागएका सशस्त्रप्रहरी बल नेपालका नायव महानिरिक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामा राख्ने सर्बोच्च अदालतले आदेश जारी गरेको छ । गतअसार ८ गते तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि अवकाशमा गएका थिए। शुक्रबार सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले श्रेष्ठलाई सेवामै राख्न अन्तरिम आदेश जारी गरेको हो।
श्रेष्ठको एक वर्ष पदावधीथपको लागि गृहमन्त्रालय हुँदै प्रस्ताव मन्त्रिपरिषदमा गएपनि उनको पदावधी थप गर्न सरकारले अस्विकार गरेको थियो । डीआईजीको कार्यकाल चार वर्ष भएपनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकालथप्न सकिने प्रावधान नियमावलीमा छ।
त्यहीप्रावधान अनुसार श्रेष्ठको पदावधिथप्ने प्रयास गरिए पनिउनको पदावधि थपभएको थिएन। अनिवार्य अवकाशमा गएको पत्र पाएपछि श्रेष्ठले साउन ७ गते (बिहीबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले श्रेष्ठको म्याद थप नगर्नुको कारणसहित आगामी मंगलबार उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ । मंगलबार समेत सर्बोच्चले यही अन्तरीम आदेश जारी गर्यो भने उनि आइजीका प्रवल दाबेदार बन्ने छन् ।
यसअघि गृह मन्त्रालयले उनको पधावदी थप गर्न मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो तर मन्त्रीपरिषद्मा उनको विषयमा कुनै छलफल नभएपछि उनको पदावधी रोकिएको थियो तर तात्कालीन प्रधानमन्त्री केपी ओलीले श्रेष्ठको पदावधी थप गर्ने आस्वासन दिएसँगै उनको पदावधी थपको अफवाह समेत फैलिएको थियो तर मुख्यालयले नै पधावदी थप नभएको भनेपछि उनि अनिवार्य अवकासमा गएका थिए ।
आईजीको बन्ने सम्भावनाकती?
हालका सशस्त्रप्रहरी प्रमुख शैलेन्द्र खनालआगामी चैत्र २८ माअनिवार्य अवकाशमाजाँदै छन् । त्यसपछि करिब एक महिनाका लागि हालका एआइजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने छन् ।
केसीलगत्तै वरियताका आधारमा डिआइजी श्रेष्ठ एआइजी बन्ने छन् । यसअघि डिआइजीहरू खड्क राई र मन्दिपश्रेष्ठको समेत पदावधि एक वर्षका लागि थप गरिएको थियो । उनीहरू दुवै जनाको ५ वर्षे पदावधि आगामी माघमा सकिँदै छ । त्यति बेला सम्म एआइजी रिक्त नहुने भएपनि उनीहरू दुवै जनाले डिआइजीबाटै अवकाश पाउने छन् ।
डिआइजीमा उनीपछि रहेका राजु अर्याल र नारायणदत्त पौडेल पनि एआइजी बन्ने दौडमा छन् । श्रेष्ठ एआइजीमा बढुवा हुँदा एक नम्बरमा बढुवा भएको सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना बलियो छ । श्रेष्ठ यसअघि सशस्त्रप्रहरीको प्रवक्तासमेत बनेका थिए ।
















दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
काठमाडौंका ९ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
प्रतिक्रिया