मन्त्री बनाउन दबाब दिनेको हुल छ, आतंक छ मेरो दिमागमा : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई धेरै नेताहरूले मन्त्री बनाइदिनु पर्ने भन्दै आएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादु कर्माचार्यको ८ औँ स्मृति दिवसमा बोल्दै प्रचण्डले मन्त्री बनाइदिनु पर्ने भन्दै नेताहरू हुल बनेर आएको बताए ।
माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा सम्पन्न भएको कर्माचार्यको स्मृति दिवसमा बोल्दै प्रचण्डले भने, ‘मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलभित्रबाट आएको छु म, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने ? कसलाई नबनाउने ?, हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ, हामीले बढी पाइयो भने ७ जना मात्रै हो ।’
सभामा बोल्दै प्रचण्डले मन्त्री पायो भने नेतृत्वलाई सरापेर हिँड्ने मन्त्री पायो भने गन्ने जबरजस्ती प्रवृत्तिको विकास भएको बताए । यदि, ठूलो नेतृत्व पायो भने ठिक नपायो भने बद्मास भन्ने शैलीले राजनीति संस्कार बिग्रेको उनले बताए ।
‘चार पाँच दिनदेखि साच्चै म चाहिँ एक खालको तनावभित्र छु, सबैलाई (४९) मन्त्री बनाइदिन मन लागेको थियो नि, त्यो त हुँदैन फेरि, भन्न त क्रान्तिकारीको प्रतिष्ठा र निष्ठाको कुरा गर्ने, तर अन्तमा गएर मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई बदल्ने शंकल्पमा नरबहादुर लाग्नु भएको होला, उहाँ कहिले पदमा लाग्नु भएन, कहिले पद प्रतिष्ठामा लोभ थिएन ।’
उनले आफूहरू कोही नरबहादुर जस्तो नेता हुन नसकेको बताए । ‘फुर्ती लगाएर केही अर्थ छैन, हामी नरबहादुरभन्दा धेरै तल छौँ,’ उनले भने, ‘देश प्रतिक्रान्तितर्फ जाँदा हामी सबै जीवन मरणमा पुग्यौँ, अब त हामी सकिने पो हो कि भन्ने लाग्यो, तर यही पार्टीका नेतृत्व तहका नेताहरू अब ती सडकमा नै सकिन्छ भन्न भ्याए ।’
उनले कोभिडको अवस्थामा समेत आफूहरूले लाखौँ जनतालाई सडकमा ल्याएर प्रतिक्रान्तिमाथि विजयी प्राप्त गर्न सफल भएको बताए ।
‘हिजो माधव जी (माधव नेपाल)ले बडो सही कुरा गर्नु भएछ, महाराज धिराजले हामीलाई आम माफी दिनु भएछ, हामी नाच्ने हो कि, उहाँले सटिक ढंगले बडो राम्रो व्यांग्य दिनु भएछ,’ उनले भने, ‘मैले उहाँलाई भेटेर धन्यवाद पनि दिएँ ।’
उनले सर्वोच्च अदालतको फैसलाबाट केपी शर्मा ओली विक्षिप्त भएको बताए । ‘केपी ओली विक्षिप्त भएका छन्, बर्बराउँछन्, कहिले बालकोटको बार्दलीबाट बर्बराउँछन्, कहिले कहाँ गएर बर्बराउँछन्,’ उनले भने, ‘अब, उनका कलियुगका हनुमानले पनि बिस्तारै छाड्छन्, त्यो दिन आउने देखेको छु ।’
उनले देश नै खतराको दुर्घटनाबाट जोगिएको बताए । तर, धेरै ठूला चुनौतीको सामाना गर्नु पर्ने बताए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया