अफगानिस्तानका १५० भारतीय तालिबानको कब्जामा

काबुल । तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि स्वदेश फर्किने क्रममा रहेका एक सय ५० जना काबुल विमानस्थल नजिकैबाट अपहरणमा परेका छन् ।
शुक्रबार अपहरणमा परेका अधिकांश भारतीय रहेको इन्डिया डटकमले जनाएको छ । तालिबानका प्रवक्ता अहमदुल्लाह वसेकले भारतीय नागरिकको अपहरणको सम्बन्धमा मिडिया रिपोर्ट अस्वीकार गरेका छन् ।
बिहान काबुल एयरपोर्ट पुगेकाहरूलाई हतियारधारी तालिबानीहरूले नियन्त्रणमा लिएको बताइएको छ । अपहरणमा परिएका भनिएकाहरू सबै सुरक्षित रहेको तालिबान सरकारलाई उद्दृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनीहरु यतिबेला काबुल एयरपोर्ट नजिकैको ग्यारेजमा रहेको भनिएको छ ।
गत अगस्ट १५ मा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि सो मुलुक फर्कनेको संख्या थेगिनसक्नु भएको थियो । दैनिक हजारौंको संख्यामा बाहिरिए पनि अझै विमानस्थलको चाप घट्न सकेको छैन ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया