शनिबार, फागुन २३, २०८२

नयाँ दलमा जान चाहे एमाले र जसपाका नेतालाई २२ गतेसम्म म्याद (पत्रसहित)

मेरोन्यूज २०७८ भदौ १३ गते १५:३४

काठमाडौँ । पार्टी विभाजनसँगै निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न आगामी भदौ २२ गतेसम्म समय दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश जारी गरेसँगै नेकपा एमालेका नेता माधव कुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । यस्तै, जसपाबाट असन्तुष्ट भएका नेता महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका थिए । आयोगले गत ९ गते सनाखत गराएसँगै दुवै पार्टीले मान्यता पाएका थिए ।

अध्यादेशमा प्रदेश र स्थानीयमा निर्वाचित भएका जनप्रतिनिधिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुरुस आयोगले आइतबार बैठक बसी आगामी २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

आयोगको निर्णयसँगै नेकपा एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले २२ गतेसम्म सनाखत गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया