नयाँ दलमा जान चाहे एमाले र जसपाका नेतालाई २२ गतेसम्म म्याद (पत्रसहित)

काठमाडौँ । पार्टी विभाजनसँगै निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न आगामी भदौ २२ गतेसम्म समय दिएको हो ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश जारी गरेसँगै नेकपा एमालेका नेता माधव कुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । यस्तै, जसपाबाट असन्तुष्ट भएका नेता महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका थिए । आयोगले गत ९ गते सनाखत गराएसँगै दुवै पार्टीले मान्यता पाएका थिए ।
अध्यादेशमा प्रदेश र स्थानीयमा निर्वाचित भएका जनप्रतिनिधिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुरुस आयोगले आइतबार बैठक बसी आगामी २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।
आयोगको निर्णयसँगै नेकपा एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले २२ गतेसम्म सनाखत गरिसक्नु पर्ने छ ।












कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया