आइतबार, फागुन १७, २०८२

नेप्से १.५८ प्रतिशतले घट्यो

मेरोन्यूज २०७८ भदौ १३ गते १६:४१

काठकाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो । साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो । तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो । सातोको पहिलो दिन ३०५२.२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ ।

आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ । आइतवारको प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६०अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ विन्दुमा पुगेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० विन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो । साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो । आज भएको कारोबारमा भएका १३ उपसमुह मध्ये १२ उपसमुहको शेयर ओरोलो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो ।

यस्तै बैकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६, होटल तथा पर्यटन ३१ दशमलव ७१, बिकाश बैँक ५३ दशमलव १९, हाईड्रो पावर ८९ दशमलव २६, नन लाईफ ईन्स्यारेन्स २५३ दशमलव ०७, उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २, लाईफ इन्स्योरेन्स ३०४ दशमलव २, म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ ।

तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ । आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५मा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया