आइतबार, वैशाख ६, २०८३

छात्रालाई तालिवानको धम्की- बलात्कार गरेर हत्या गर्छौं

मेरोन्यूज २०७८ भदौ १६ गते ११:५७

काठमाडौँ । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै पूरै देश तालिवानको कब्जामा पुगेको छ । राजधानीसहित काबुल एयरपोर्टसमेत तालिवानले कब्जा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गत २० वर्षदेखि अमेरिकाको कब्जामा रहेको अफगानिस्तानले शैक्षिक व्यवस्थामा केही सुधार गर्ने कोशिश हुँदै गर्दा पुनः धरापमा परेको छ । राजधानी काबुलमा अमेरिकी विश्वविद्यालयको समेत स्थापना भएको थियो । जसमा पश्चिमी देशको शैलीमा शिक्षा दिँदै आएको थियो ।

अफगानिस्तानका छात्रा तथा छात्रको उच्च उपस्थिति रहेको थियो । तर, अमेरिकी सेना फिर्ता भएसँगै छात्राहरूको जीवन खतराको बिन्दुमा पुगेको छ । बिबिसीका एक पत्रकारले आफ्नो सामाजिक सञ्जालत ट्विटरमार्फत तालिवानले अमेरिकी विश्वविद्यालयमा अध्यायनरत छात्रालाई बलात्कार गरी मार्ने धम्की दिएको बताएका छन् ।

‘काबुलमा अमेरिकी विश्वविद्यालयका छात्राले भनेका छन्, कि तालिवानले आफूहरूलाई बलात्कार गरी मार्ने धम्की दिएका छन्,’ बिबिसीका पत्रकारले लेखेका छन्, ‘एक छात्राले मलाई म्यासेज गरेकी थिइन्, जसमा लेखिएको थियो- तिमीहरू अमेरिकी विश्वविद्यालयमा पढ्ने रहेछौ, थोरै पर्खनुहोस् हामी तपाईसँग सम्झौता गर्ने छौँ ।’

ती पत्रकारले भनेका छन्, ‘अर्का छात्राले म्यासेज गर्दै तालिवानले आफूहरूलाई बलात्कार गरी हत्या गर्ने धम्की दिएका छन् ।’ एजेन्सी

प्रतिक्रिया