आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १७ गते बिहीबार, भाद्र कृष्णपक्षको एकादशी तिथि । आज अजा एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आत्माबल बलियो रहने छ । मनमा उत्साह र उमङ्ग देखा पर्ने छ । आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने छ ।
वृष
भाग्यको बलियो साथ रहेको छ । प्रभावशाली ब्यक्तित्व हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुको विश्वासमा पनि बृद्धि हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्र एक हदसम्म सकारात्मक देखिन्छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
रिस धेरै उठ्ने भएकाले यसबारेमा सतर्क रहनु होला । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । पेशागत जीवन धेरै सकारात्मक नभए पनि निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको अनुभुतिले सताउने छ । रोजगारी तथा ब्यावसायमा कठिनाईहरुको सामना गर्नु पर्ने छ ।
कर्कट
अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा बिबादका क्रम देखा पर्ने भएकाले सतर्क रहनु होला । मनमा दुविधाको क्रम रही रहने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ ।
सिंह
समय सकारात्मक रहेको छ । पेशागत र ब्यावसायिक जीवनमा अनुकुलता रहने छ । भाग्य बलियो रहेको छ । दृढ ब्यक्तित्व हुने छ । राखिएका लक्ष्य प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । शौखिन क्षेत्रका व्यवसायमा संलग्नहरुलाई नाफाको मात्रामा बृद्धि हुने छ ।
कन्या
सुख सुविधामा कमि आउने छ । मनमा दुविधाको मात्र बढ्ने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा आफूप्रतिको विश्वास र भरोसामा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द र बिबाद देखा पर्न पुग्ने छन् । कार्यालय तथा ब्यावसायमा समकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु होला ।
तुला
उच्च मनोबलको ब्यक्तित्व हुने छ । भाग्यको बलियो साथ रहेकाले देखा परेका अबरोधहरु छिचोल्ने तागत पनि सृजना हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुन जाने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ, राखेका लक्ष्यहरु पुरा हुने छन् ।
वृश्चिक
शरीरमा कमजोरीहरु देखा पर्ने छ । मनोबलमा कमि आउने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाउने भएकाले कार्य सम्पादनमा जोश तथा जाँगरको कमि हुन जाने छ ।साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि समय अनुकुल रहने छ ।
धनु
पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले धैर्य भएर निर्णयहरु लिनु होला । साझेदारीमा गरिएका कामहरुमा साझेदारहरु बीच द्वन्द देखा पर्न जाने छ । भाग्यको बलियो साथ रहेको छ भने भित्रि बुद्धि पनि सक्रिय हुने भएकाले कार्य सफलता मिल्ने छ । परिवारको साथ रहने हुनाले कठिनाईका क्षणहरुमा आड भरोषा प्राप्त हुने छ ।
मकर
पारीवारिक सदस्यहरु बीच मिलन हुने छ । दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले यसबारेमा संयम रहनु होला । आम्दानी गर्छु भनि राखिएका लक्ष्य पुरा नहुने भएकाले ठिक्क योजनाका साथ अघि बढ्दा निराशा हुने छैन् । कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई सकारात्मक नतिजा आउने छ ।
कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ । मेहनति र पराक्रमी भाव मनमा आउने छ जसले गर्दा कार्य सफलता प्रदान गर्ने छ । आम्दानीमा केही बृद्धि हुने छ । पारिवारका सदस्यहरुले प्रशंसा गर्ने छन् । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही समस्याहरुका मात्रा देखा पर्ने भएकाले संयम भने रहनु पर्ने देखिन्छ ।
मीन
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । भाग्यहिनताको अनुभुतिले गर्दा उत्साह र उमङ्गमा कमि आउने छ । मनमा दुविधाका क्रम हुने हुँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन औसत रहने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने भएकाले सकभर बिबादमा नफस्दा राम्रो हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया