सभापतिमा हाम्रो साझा उम्मेदवार हुन्छ : रामचन्द्र पौडेल
हामी एक छौ , हाम्रो एकतामा दरार आँउदैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफनो समुहवाट आसन्न महाधिवेशनमा साझा सभापतिको उम्मेदवार खोज्ने वताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गदैं पौडेल पक्षले सभापतिमा आफनो समुहबाट साझा उम्मेदवार हुने र त्यही एकताको सन्देश दिन सवै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको पौडेलले बताएका थिए ।
महाधिवेशनका लागि भोलि देखि वडा सम्मेलन शुरु हुनै लाग्दा रणनीतिक महत्व दिने गरी पौडेल समुहले आफनो समुहका नेताहरु एक ढिक्का रहेको सन्देश दिन खोजेका थिए । ‘हामी एक छौ , हाम्रो एकतामा दरार आँउदैन’ पत्रकार सम्मेलनमा पौडेलले भनेका थिए ।
उनले पार्टी वचाउन पनि आफुहरुले सभापतिमा एउटै उम्मेदवारी दिने वताएका थिए ।
कांग्रेसको १४५ औं महाधिवेशनका लागि पौडेल समुहवाट स्वंयम पौडेल, महामन्त्री डा शसांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह सभापतिका आकाक्षी छन् । नेताहरुले सहमतिमा सभापतिको उम्मेदवार खोजी नगरे आफुहरु पनि सभापतिको उम्मेदवार भएको अर्जुननरसिंह केसी र रामशरण महतले पनि वताउँदै आएका छन् ।
सभापति देउवा फेरि सभापतिका उम्मेदवार हुन् । उनको समुहमा रहेका तर अहिले विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
पौडेल पक्षमा रहेका कल्याण गुरुङले पनि आफु सभापति उठ्ने वताईसकेका छन् । यस्तो वेला पौडेल समुहलाई साझा उम्मेदवार तय गर्न समुहका नेता कार्यकर्ताको दवाव छ ।
त्यसका लागि केही दिन यता यो समुहका नेताहरुले प्रयास गरेपनि सफल हुन सकेका छैनन । तर पनि वडावाट भोलि देखि शुरु हुन लागेको अधिवेशनको पूर्वसन्ध्यामा आफनो समुह साझा उम्मेदवार खोजन तयार रहेको र एउटै साझा उम्मेदवार हुने सन्देश पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर पौडेल पक्षले दिन चाहेको हो ।
यो पत्रकार सम्मेलनका लागि पौडेल पक्षले आफनो समुहका सवै पदाधिकारी र केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा उपस्थित हुन भनेका थिए ।
आजको पत्रकार सम्मेलनमा यस अगाडी कृष्ण प्रसाद सिटौला समुहमा रहेका गगन थापा पनि उपस्थित भएका छन् । उनी पौडेल समुहमा खुलेका छन् ।
आफनो सुमहबाट कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया