आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १८ गते शुक्रबार, भाद्र कृष्णपक्षको द्वादशी तिथि । आज वैष्णवहरुको अजा एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
बोलीको प्रभाव बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आँटेका कामहरु पुरा हुने छन् । आत्माबल बलियो हुनाले मनमा उत्साह र उमङ्ग कायम रहने छ । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ ।
वृष
बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुले विश्वास गर्ने क्रममा बृद्धि हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ । भाग्यको बलियो साथ रहेकाले व्यक्तित्वमा प्रभावशालीपना बृद्धि हुने छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
रिस धेरै उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । पेशागत क्षेत्रमा सोचे अनुसारको कदर नहुँदा मनमा निराशाका भाव आउने छ । भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायिक कार्यमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ ।
कर्कट
अरुको विश्वास जित्न सकिने भएता पनि मनमा भने दुविधाका क्रमहरु देखा पर्न जाने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ । पेशागत जीवनमा बिबादहरु देखा पर्ने भएकाले सतर्क रहनु होला । तर साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ ।
सिंह
दृढतामा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । भाग्य बलियो भएकाले समय सकारात्मक हुन पुगेको छ । लिइएका लक्ष्य एवं सपनाहरु पुरा हुने तर्फ जाने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । आधारभूत भन्दा शौखिन खालका सामानको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ ।
कन्या
मय प्रतिकुल रहेकाले धैर्य भएर कदमहरु चाल्नु होला । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वास र भरोसा गुम्ने स्थिति आउन जाने छ । मनमा दुविधाको क्रम बढ्ने भएकाले यो गरौँ कि त्यो गरौँ भन्नेमा निर्णय लिन कठिनाई उत्पन्न हुने छ । ससमकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु होला ।
तुला
मनोबलमा बृद्धि हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवादका क्रम देखा पर्न जाने भएकाले सतर्क रहनु होला । भाग्यको बलियो साथ रहेकाले कठिन समयमा पनि मन हतास हुने छैन् । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ भने राखेका लक्ष्यहरु पुरा हुने छन् ।
वृश्चिक
पेशागत जीवनमा जोश तथा जाँगरको कमि हुने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । मनोबलमा आउने कमिले दुविधात्मक व्यक्तित्व बनाई दिने छ । जसले गर्दा अरुले निर्णय क्षमता नभएको व्यक्तित्वका रुपमा चित्रण गर्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि सकारात्मक हुने छ ।
धनु
चलाख खालको व्यक्तित्व हुने छ । परिवारको साथ रहने हुनाले कठिन अवस्थामा पनि संहालिन मद्धत पुग्ने छ । भाग्यको बलियो साथ हुने हुँदा आँटेका कामहरु पुरा हुने दर धेरै हुने छ । पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले नआत्तिइकन अघि बढ्न दृढ संकल्पित हुनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिने छ ।
मकर
दृढ प्रकृतिको ब्यक्तित्व हुने हुँदा अरुले भने कडा र रिसाहा भनि अनुभुति हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पारीवारमा मिलन हुने छ । राखिएका लक्ष्य पुरा नहुने भएकाले धेरै महत्वाकांक्षी नबनि व्यावहारिक योजनाहरु बनाउनु उपयुक्त हुने छ । गुप्तर क्षेत्र तथा कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई अनुकुल समय छ ।
कुम्भ
पारिवारका सदस्यहरुले आफुले गरेको कामको कदर र प्रशंसा गर्ने छन् । शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले अरुले पनि मन पराउने छन् । मेहनति र पराक्रमी स्वाभावले गर्दा कार्य सफलता मिल्ने छ भने त्यसले आम्दानीमा पनि बृद्धि हुन जाने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही अवरोधहरुको सामना गर्नु पर्ने भएता पनि धेरै नकारात्मक अवस्था भने आउने छैन् ।
मीन
परिवारमा तनावको अवस्था आउँदा मनमा कटुताका क्रमहरु देखा पर्ने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । समय धेरै अनुकुल नरहेकाले ठिक्क मात्रामा जोखिम लिनु ठिक हुने देखिन्छ । भाग्यको साथ नरहेकाले गरेका कामहरु सफल नहुँदा उत्साह र उमङ्गमा कमि ल्याउने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा आफैले जानेका विषयमा पनि अन्योलता छाउने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया