अमेरिकामा कोरोनाबाट प्रतिमिनेट १ जनाको मृत्यु, १११ संक्रमित

काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएको छ । अमेरिका अहिले कोरोनाको सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको छ । पछिल्लो ८ महिनापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
कोरोनाका कारण अमेरिका हरेक ५५ सेकेण्डमा एक जना विरामीको मृत्यु हुदै आएको छ । यस्तै, हरेक एक मिनेटमा १११ जना कोरोनाबाट संक्रमित भएका छन् । अर्थात प्रति सेकेण्ड दुई जनामा कोरोना पुष्टि हुँदै आएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ४ करोडभन्दा बढी पुगेको छ । ६ लाख ६२ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएसँगै अमेरिकाका धेरै अस्पतालहरू भरिएका छन् । अस्पतालमा अक्सिजनको कमी हुने आशंका गरिएको छ ।
गत महिनामा मात्रै अमेरिकामा करिब ४२ लाख नयाँ कोरोना संक्रमित थपिएका थिए । यसैगरि मृतकको संख्या करिब २७ हजार पुगेको थियो । रिपब्लिकन राज्यमा मृत्यु हुनेको दर उच्च रहेको छ ।
यसैबीच गत मार्च महिनादेखि अहिलेसम्म डेढ करोडभन्दा बढी डोज कोरोनाको भ्याक्सिन नोक्सान भएको छ । अमेरिकी फार्मेसी कम्पनी तथा राज्य सरकारका अनुसार उक्त परिमाण बराबरको कोरोनाको भ्याक्सिन नोक्सान भएको हो । एजेन्सी


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया