अमेरिकामा कोरोनाबाट प्रतिमिनेट १ जनाको मृत्यु, १११ संक्रमित

काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएको छ । अमेरिका अहिले कोरोनाको सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको छ । पछिल्लो ८ महिनापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
कोरोनाका कारण अमेरिका हरेक ५५ सेकेण्डमा एक जना विरामीको मृत्यु हुदै आएको छ । यस्तै, हरेक एक मिनेटमा १११ जना कोरोनाबाट संक्रमित भएका छन् । अर्थात प्रति सेकेण्ड दुई जनामा कोरोना पुष्टि हुँदै आएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ४ करोडभन्दा बढी पुगेको छ । ६ लाख ६२ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएसँगै अमेरिकाका धेरै अस्पतालहरू भरिएका छन् । अस्पतालमा अक्सिजनको कमी हुने आशंका गरिएको छ ।
गत महिनामा मात्रै अमेरिकामा करिब ४२ लाख नयाँ कोरोना संक्रमित थपिएका थिए । यसैगरि मृतकको संख्या करिब २७ हजार पुगेको थियो । रिपब्लिकन राज्यमा मृत्यु हुनेको दर उच्च रहेको छ ।
यसैबीच गत मार्च महिनादेखि अहिलेसम्म डेढ करोडभन्दा बढी डोज कोरोनाको भ्याक्सिन नोक्सान भएको छ । अमेरिकी फार्मेसी कम्पनी तथा राज्य सरकारका अनुसार उक्त परिमाण बराबरको कोरोनाको भ्याक्सिन नोक्सान भएको हो । एजेन्सी










संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ : अध्यक्ष ओली
मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने
असोजमा मूल्यवृद्धि १.४७ प्रतिशत मात्रै
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
प्रतिक्रिया