चिया र अलैंचीको निर्यात घट्यो

काठमाडौँ । नेपालको चिया र अलैंची निर्यात घटेको छ । देशको निर्यात व्यापारमा प्रमुख हिस्सा ओगट्ने गरेका चिया र अलैंचीको निर्यात घटेको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा चिया र अलैंचीको निर्यात घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा औसत ४१.१ प्रतिशतले घटेको भन्सार र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
भन्सार विभागको तत्थ्यांक अनुसार गत महिना ३३ करोड रुपैयाँ बरारबको ११ लाख ३३ हजार २ सय ८० किलो चिया निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.९ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्षको साउनमा ७८ करोड ६३ लाख रुपैयाँ बराबरको २८ लाख २९ हजार ७ सय ४७ किलो चिया निकासी भएको हो ।
यसैगरी गत महिनामा अलैंचीको निर्यात पनि २५.१ प्रतिशतले घटेको छ । उक्त अवधिमा ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार किलो अलैंची निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ६२ लाख रुपैयाँ बराबरको ५ लाख ९५ हजार अलैंची निर्यात भएको भन्सार विभागले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया