लगानीकर्ताका कारण प्रत्येक दिन शेयरमा घटबढ
नेप्से ४४ अंकभन्दा बढीले घट्यो

काठमाडौं । शेयर बजारमा ४४ दशमलव १८ अंकले ओरालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ४६ प्रतिशतले घटेर २ हजार ९ सय ३६ दशमलब ६० बिन्दुमा पुगेको छ ।
कूल २ सय २२ कम्पनीको ८६ हजार ५ सय ८ कारोबारबाट ७ अर्ब ४९ करोड ८१ लख २ हजार १ सय ६१ रुपैयाँ बराबरका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।
साताको तेश्रो दिन मंगलबार कारोबारमा आएका १३ वटै समूहको उपसूचक मध्ये २ समुह बाहेक सबै समूहको उपसुचकमा रातो संकेत देखिएका छन् ।
निर्जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, बाणिज्य बैंक समूहका सूचकका लगानीकर्ता मंगलबार निराश भए ।
आरएम डिसी लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना, प्रागेसिभ फाइनान्स कम्पनीले सो दिन सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।
त्यसैगरी सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । युनाइडेट मोदी हाइड्रो पावर, हाइड्रो इलेक्ट्रिसिटी, युनिलेभर नेपाल लगायत कम्पनीको मूल्य बढ्दा यी कम्पनीका लगानीकर्ता खुसी देखिएका छन् ।
वास्तवमा भन्ने हो भने यसअघि साताको पहिलो दिन आइतबार नौ महिनायताकै १ सय ८ अंकसहितको गिरावटको असरले शेयर बजारमा हलचल नै ल्याएको थियो ।
मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने प्रावधान राखेपछि ठूला लगानीकर्ताले यस नीति हटाउनका लागि चर्को दबाबमा उत्रिएका छन् ।
आइतबारको बजारपछि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई थप दबाब परेको पर्दा अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको पूँजीमा ध्यान दिन निर्देशन दिए । जसले गर्दा सोमबार लगानीकर्ताले गभर्नर अधिकारीको राजीनामा माग गर्दै १५ बुँदे माग राखेर प्रर्दशन गरेका थिए । सोमबार बजारमा बाढी आएझैं एक्कासी १ सय ६१ अंकको वृद्धि भयो ।
लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारमा फेरबदल देखिएको छ । शेयर विश्लेषक प्रशिक्षक, लेखक एंव लगानीकर्ता रवीन्द्र भट्टराईले शेयर बजारमा परिवर्तन आउँदा साना लगानीकर्ता अहिले पनि पर्खाइमा रहेकाले ठूलामा हलचल आएको बताए ।
लगानीकर्तालाई छल गर्ने काम नगर्न र नीति नसच्याए राष्ट्र बैंकअगाडि अनसन बस्ने पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले बताए ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया