आजको राशिफल : भाद्र २३ गते बुधबार

आज २०७८ साल भाद्र महिनाको २३ गते बुधबार, भाद्र शुक्लपक्षको द्वितीया तिथि । आज हरितालिका तीजको दर खाने दिन रहेको छ ।
मेष
कमाईमा केही बृद्धि हुने छ । पेशागत जीवन औसतमा स्थिर रहने छ । परिवारमा द्वन्दको क्रम देखिने भएकाले संयमित रहनु होला । बोलीमा कडापन देखिने छ । उद्योग, कलकारखाना, ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, श्रमिक, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
वृष
बोलीमा प्रभावकारीपना आउने हुँदा अरुले भरोसा गर्ने छन् । पेशागत क्षेत्रमा उन्नति प्रगति हुने छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । व्यक्तित्वमा सुधार आउँदा प्रभावकारी व्यक्तित्व हुने छ ।
मिथुन
व्यक्तित्व दृढ खालको हुने छ । रिस धेरै उठ्ने भएकाले अरुले कठोर खालको व्यक्तित्व भनि चित्रण गर्ने छन् । आम्दानीमा सुधार आउने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने भएकाले विचार गरेर मात्र पाइला चाल्नु उपयुक्त हुने छ । ख्यातिमा कमि आउने चुनौति देखिएकाले धैर्यता अपनाउनु उपयुक्त हुने छ ।
कर्कट
समय धैर्यता साथ पाइला चाल्नु पर्ने देखिन्छ । मनमा उदासिनताका क्रम देखा पर्ने छ । पेशागत जीवनमा उतार चढाव आउने छ । पेशागत विषयमा विचार गरेर मात्र पाइला चाल्नु ठिक हुने छ । व्यक्तित्वमा कमि आउने हुँदा प्रतिष्पर्धात्मक सोचाईमा पनि कमि आउने छ । सेक्युरिटी सभिसि, होटल, रेष्टुरेण्ट, डान्स बार, जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति थपिने छ ।
सिंह
आफ्नो कर्मप्रतिको समर्पित हुन मन लाग्ने छ । पेशागत जीवन स्थिर रहने छ । दाम्पत्य जीवनमा कटुता आउने भएकाले दम्पत्ति बीच बादबिबादमा नजाँदा ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द निम्तिने छ । सवारीसाधन, वाहन, घर घडेरी, होटल, रेष्टुरेण्ट जस्ता विषय बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने देखिन्छ ।
कन्या
भाग्यको बलियो साथ रहेका कारण गरेका कामहरु सफल हुने छन् । बोली प्रभावकारी हुँदा यसले पेशागत जीवनमा प्रगतिमा लैजाने छ । पेशागत क्षेत्रमा कदर प्राप्त हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने समय सक्रिय रहेको छ । संचारमाध्यम, स्टेसनरी, पत्रकारिता, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ ।
तुला
भाग्य बलियो रहेको छ जसले गर्दा आम्दानीमा बृद्धि हुने छ । तर पेशागत जीवनमा उतारचढाव आउने छ । धन सम्पत्ति नोक्सानीमा जाने समय सक्रिय रहेकाले विचार पुर्याउनु होला । होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा आवद्धहरुलाई केही सकारात्मक संकेत देखिने छ । घर घडेरीको कारोवारमा रहकाहरुलाई समय प्रतिकुल रहेको छ ।
वृश्चिक
मनमा चिन्ता, भय र डरले सताउने छ । साथै उदासिनताले पनि सताउने छ । समय संयमित रहनु पर्ने खालको छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । पेशागत जीवनमा कठिनाईहरुसँग जुध्नु पर्ने हुन्छ । आम्दानीमा गिरावट आउने हुँदा यसको असर आर्थिक जीवनमा दवाव सृजना गर्ने छ ।
धनु
मनमा खिन्नता आउने भएकाले ठिक्क मात्र सोच्नु होला । शारीरिक कमजोरीले पनि सताउने छ । परिवारको साथले गर्दा कठिनाईमा आड भरोसा प्राप्त हुने छ । तर बोलीमा कडापनको मात्रा देखा पर्ने भएकाले यसले झगडा निम्त्याउने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा सफलता मिल्ने छ । पेशागत क्षेत्र भने धेरै अनुकुल नभए पनि निराश भई हाल्ने खालको पनि हुने छैन् ।
मकर
मनोबलमा बृद्धि हुने हुँदा मनमा उत्साह आउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवन औसत खालको हुने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा परिवारमा दवाव सृजना हुने छ । आन्तरिक चुतरताका कारण अरुसँग मिलेर गर्नु पर्ने काममा अनुकुलता हुने छ ।
कुम्भ
पेशागत जीवनमा ठिक्क महत्वाकांक्षाका साथ पाईला चाल्नु होला । मनमा दृढता आउने भएता पनि दुविधाले छोड्ने छैन् । बौद्धिक खालको व्यक्तित्व हुने छ, तर सो अनुसारको व्यवहारिक प्रगति नहुँदा मनमा निराशा पनि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा अरुले पेल्ने छन्, जसले ग र्दा हिनताबोध जस्तो हुन जाने छ ।
मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा सफलता मिल्ने छ । प्रभावकारी बोली हुने हुँदा अरुले विश्वास गर्ने छन् । पेशागत जीवनमा धेरै उन्नति नभए पनि कमजोर अवस्था पनि आउने छैन् । पैतृक सम्पत्तिका विषयमा विवाद निम्तिने छ । समाज सेवा, सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया