बुधबार, फागुन ६, २०८२

संसदमा मुठमेडको संकेत

संसद चल्नै नदिने एमाले रणनीति, पेलेरै अघि वढ्ने सभामुखको तयारी

एमालेको नारावाजीवीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश, अर्काे बैठक भदौ २५ गते

मेरोन्यूज २०७८ भदौ २३ गते २०:४८

काठमाडौं । ४२ महिना सरकारको नेतृत्वमा रहेर वाहिरिनु परेको पीडा र आफ्नै दल एमाले विभाजनका लागि सत्तापक्षले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुख अग्नि सापकोटाले माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्न एमालेले गरेको सिफारिस लत्याईदिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित थियो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यही वीच आजदेखि संसदको अधिवेशन शुरु हुँदैथियो । आफैले स्थगित गरेको अधिवेशन २३ दिनमै पून बोलाएर सत्तापक्षले यो वीचमा दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि र अध्यादेशको प्रक्रिया अनुसार तलसम्म एमाले र जसपा विभाजनको प्रक्रिया पूरा भएपछि सरकारले संसद अधिवेशन बोलाउने निर्णय लिएको थियो ।

बैठकको शुरुमै सभामुखको भूमिकामाथी प्रश्न उठाउने र सत्तापक्षले ल्याएको अध्यादेशको पनि जमेर प्रतिरोध गर्ने निर्णय एमालेले वुधबार विहानै संसदीय दलको बैठक राखेर गरेको थियो । सोही निर्णयका आधारमा एमाले संसदमा निक्कै आक्रामक रुपमा प्रस्तुत भएको छ ।

यसले सत्ता प्रतिपक्षवीच संसदमा टकरावको स्थिती उत्पन्न भएको छ । बुधबार संसद अधिवेशन शुरु भएसँगै एमाले नारावाजीमा उत्रेको छ । सभामख सापकोटाले वुधबार नै १५, १५ मिनेटमा बैठक स्थगित गदैं तीन पटक सम्म संसद वैठक राखेका थिए । त्यक्ति गर्दा पनि एमालेले शान्त हुने वातावरण नदेखाएपछि सभामुख सापकोटाले प्रम्ुख प्रतिपक्षी दललाई पेलेरै अगाडी वढ्ने रणनीति लिए । सोही अनुसार सत्ता पक्षलाई एमालेको नारावाजीकै वीचमा राजनीतिक दलसम्वन्धि अध्यादेश संसदमा टेवुल गर्नका लागि तेस्रो बैठकमा अनुमति दिए ।

एमालेको नाराबाजीसहित रोष्टम घेराउका वीचमै सरकारले संसदमा अध्यादेश टेबल गरेको छ।

पहिलो बैठकको शुरुमै एमालेले उठेर विरोध जनाएको थियो । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भटटराईलाई बोल्नका लागि समय दिएका थिए ।

उनले सभामुख सापकोटाको ब्यवहार नै निश्पक्ष हुन नसकेको र एमाले विभाजनका लागि सहयोगी बनेकोले प्रमुख प्रतिपक्ष दलले संसद बैठक चल्न नदिने बताएका थिए ।

त्यसपछि एमाले सांसदहरुले नाराबाजी सहित राष्टम घेराउ गरेका थिए । सभामुख सापकोटाविरुद्द संसदमै एमाले सांसदहरुले भूमिका निश्पक्ष नभएको भन्दै नाराबाजी मात्र गरेनन, सापकोटा विरुद्द मुर्दावाद सम्मको नारा लगाउन भ्याए ।

त्यसपछि भने निक्कै आक्रोशित भएका सापकोटाले आफूले नियम अुनसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताएका थिए । तर पनि एमाले सांसदले नारावाजी रोकेनन् । त्यस क्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ को ख र ग आर्कर्षित हुने भन्दै पटक पटक सम्झाएका थिए ।

आफु विरुद्ध नै अमर्यादित रुपमा एमाले सांसदहरु प्रस्तुत भएपछि सापकोटा एकदमै आक्रोशित भएर संविधान र कानूनविपरित मर्यादा नाघेर प्रस्तुत नहुन एमाले सांसदहरुलाई चेतावनी दिँदै प्रतिनिधीसभा नियमावली आर्कर्षित हुने वताईरहेका थिए ।


के छ सापकोटाले सम्झाएको नियममा ?

त्यस्तै सभामुखले संविधानको धारा १०५ पनि एमाले सांसदहरुलाई सम्झाएका थिए ।
संविधानको धारा १०५ ले नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन, लेखिएको छ।

नेकपा एमाले विभाजनको विषयमा सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा लिएर गएको छ । सभामुखले त्यही संविधानको धारा लाइृ टेकेर यससम्वनधमा संसदमा बहस नहुने जिकिर एमाले सांसदसँग गरेका थिए ।

त्यक्ति गर्दा पनि एमाले सांसदहरुले नारावाजी नरोकेपछि उनले शुरुमा १५ मिनेट संसद बैठक स्थगित गरेका थिए ।
संसद रोकेर सभामुख सापकोटाले प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भटटराई र सचेतक शान्ता चौधरीसँग छलफल गरे । प्रतिनिधीसभा नियमावलीको नियम २१ को ख र ग उनले त्यसक्रममा जानकारी गराए । तर पनि एमालेले सहमतिको टाउको हल्लाएन । सभामुखमाथी निरन्तर प्रश्न गदै उसले संसद चल्न नदिने अडान फेरि पनि दोहोराउने काम गरेको थियो ।

त्यसपछि भने सभामुखले फेरि दोस्रो पटक संसद बैठक शुरु गरे । एमाले सांसदहरुले पहिलो बैठकमा जस्तै नारावाजी शुरु गरे । दोस्रो बैठकमा सभामुख सापकोटाले पनि एमाले सांसदहरुको नाराबाजीबीच मौनधारण कार्यक्रम र प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम पढेर सुनाएका थिए।
सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरु चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादवको नाम उनले संसदमा नारावाजीकै वीचमा पढेर सुनाए ।

तरपनि नारावाजी रोकिएन । त्यसक्रममा भने उनले पटक पटक एमाले सांसदहरुले उठाएको मागको ध्यानाकषर्ण भएको र बैठक सञ्चालन गर्न दिन आग्रह गरिरहेका थिए ।


त्यक्ति गर्दा पनि एमालेले नारावाजी नरोकेपछि सभामुखले दोस्रो पटक पनि १५ मिनेटके लागि संसद बैठक स्थगित गरे । त्यसपछि फेरि तेस्रो बैठक वुधबार नै बस्यो । एमालेले त्यस बैठकमा पनि सभामुखको भूमिकामाथी प्रश्न उठाउँदै नाराबाजी गरिनै रह्यो । त्यसपछि भने सभामुखले एमालेलाई पेलेरै अगाडी जाने नीति अवलम्वन गरे । उनले नाराबाजीबीच नै गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्न समय दिए।

त्यसक्रममा सत्ता र प्रतिपक्ष सांसदहरुका वीचमा घम्साघम्सीको प्रयास भएको थियो । तर मर्यादापालकको सहयोगमा खाँण रोष्टम पुगेर अध्यादेश टेबल गरे।

नाराबाजीबीच खाँणले अध्यादेश टेबल गरेपछि प्रतिनिधि सभा बैठक भदौ २५ गते सम्मका लागि स्थगित भएको छ । भदौ १ गते सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो।
अध्यादेश ल्याएको ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
६० दिनभित्र संसदबाट पारित नभए ती अध्यादेश स्वतः निष्क्रिय हुन्छ।

प्रतिक्रिया