शुक्रबार, पुष ४, २०८२

आजको राशिफल : भाद्र २५ गते शुक्रबार

मेरोन्यूज २०७८ भदौ २५ गते ६:१०

आज २०७८ साल भाद्र महिनाको २५ गते शुक्रबार, भाद्र शुक्लपक्षको चतुर्थी तिथि । आज गणेश चतुर्थी व्रत रहेको छ । आज भगवान गणेशको धुमधामका साथ पूजा तथा आराधना गर्ने परम्परा रहेको छ ।

मेष
परिवारमा मिलन हुने छ । रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा समय अनुकुल रहेको छ । बोलीको प्रभावकारीता बढ्ने हुँदा अरुको विश्वास जित्न सकिने छ । मनमा भने केही सन्तोषको आभाष देखा पर्ने छ । छाति, मुटु, उच्च रक्तचाप तथा हृदयसँग सम्बन्धित विषयमा सतर्क रहनु होला ।

वृष
परिवारको साथ र माया पाइने छ । पेशागत जीवन सकारात्मक रहने छ साथै आम्दानीमा पनि केही बृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । बौद्धिकस्तरमा बृद्धि हुने हुँदा बौद्धिक छवि बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्या देखा पर्ने छ ।

मिथुन
पेशागत जीवन औसत खालको रहने छ । शितल खालको व्यक्तित्व हुँदा हुँदै पनि कमजोर खालको व्यक्तित्व पनि देखने हुँदा अरुले कम आँकलन गर्ने छन् । भाग्यको साथ नरहेकाले कार्य सफलतामा ढिलाई हुने छ । परिवारको साथ रहने हुनाले कठिनाईमा संहालिन मद्धत पुग्ने छ ।

कर्कट
ब्यक्तित्वमा देखिने गिरावटले गर्दा अरुले कम आँक्ने र हेप्ने छन् । कमजोर खालको व्यक्तित्व हुने र आफैमा पनि हिनताबोधको आभाषले गर्दा आँट आउने छैन् । शारीरिक कमजोरीहरु देखा पर्दा आलस्यता आउने छ । मांसपेशी दुख्ने तथा रगजन्य, हृदय, मुटु जस्ता विषयमा सतर्क रहनु होला । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने छ ।

सिंह
पेशागत जीवन औसत खालको हुुँदा हुँदै पनि मनमा भने पेशागत विषयमा सन्तोष हुने छैन् । कर्मशिलता बृद्धि हुने छ भने कमाईको मात्रामा पनि केही बृद्धि नै देखिने छ । भाग्यको साथ नरहेकाले मेहनत अनुसारको फल प्राप्ति भने हुने छैन् । दाम्पत्य जीवनमा केही कटुताको अवस्था आउने छ ।

कन्या
प्राप्त गर्नु पर्ने आम्दानीका स्रोतबाट पैसा प्राप्त हुन अवरोध हुने छ । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तथा असमझदारी आउने भएकाले सतर्क रहनु नै बुद्धिमानि हुने छ । अध्यन अध्यापनमा भने तिब्रता आउने छ । परिवारमा पनि द्वन्दको अवस्था आउने छ ।

तुला
भाग्य बलियो भएकाले कार्य सफलता प्राप्त हुने छ । अध्ययन अध्यापन प्रति मन केन्द्रीत हुने छ । आँटिलो व्यक्तित्व हुने छ । पेशागत जीवनमा भने केही समस्याहरु आउन जाने छ । आम्दानीमा पनि गिरावट आउँदा पारीवारिक आर्थिक व्यवस्थापन दबाब उत्पन्न हुन जाने छ । सामाजिक जीवनमा रहेकाहरुको हकमा सतर्क रहनु पर्ने समय छ ।

वृश्चिक
पेशागत क्षेत्रमा सहकर्मीहरु बीच आरोप प्रत्यारोपको अवस्था आउने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा समस्याहरु देखा पर्ने छन् । मनमा उदासिनताले सताउने छ । कृषि क्षेत्र र पशुपालन जस्ता प्राकृतिक पेशामा रहेकाहरुलाई समय धेरै प्रतिकुल रहने छैन् ।

धनु
मनोबल र शारीरिक कमजोरीले सताउने छ । स्वास्थ्य सम्बन्धी समस्याले च्याप्ने र अस्पतालको खर्च बढाउने छ । परिवारमा तनाव उत्पन्न हुने छ । आम्दानीमा पनि गिरावट आउने हुँदा मनमा तबाब र असन्तोषले सताउने छ । आफन्तहरुबाट अपेक्षाकृत मद्धत मिल्ने छैन् ।

मकर
दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईमा पनि सँहालिन सकिने छ । रिस भने धेरै उठ्ने छ । दम्पत्तिमा बादबिबादले स्थान लिने छ । साझेदारीमा गरिएका काममा समस्या आउने छन् । मनमा दुविधाका क्रम एक पछि अर्काे आउने भएकाले निर्णय प्रकृयामा ढिलाई हुने छ । पेशागत जीवन औसत रहने छ ।

कुम्भ
बौद्धिकता र तर्कशिलतामा पनि बृद्धि देखिने छ । पेशागत जीवनमा आफुले खेलेको भुमिकाको कदर हुने छ, अरु प्रभावित हुने छन् । मनमा दृढता बृद्धि हुने छ । आफै भित्रको प्रतिष्पर्धात्मक क्षमतामा भने केही गिरावट आउन जाने हुँदा आफै प्रति केही अविश्वासमा कमि आउने छ । कडा खालको व्यक्तित्व हुने भएकाले यसमा ध्यान दिनु होला ।

मीन
परिवारमा शान्ति र सन्तोषको अवस्था आउने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । जे जस्तो अवस्था छ त्यसप्रति मनमा सन्तोष हुने छ । व्यक्तित्वमा भने दुविधात्मक चरित्र देखिने हुँदा अरुले पनि आशंकाको दृष्टिबाट हेर्ने छन् । अध्ययन अध्यापनमा रुचि लाग्ने छैन् ।

प्रतिक्रिया