शनिबार, पुष ५, २०८२

लामो समय एक्लै बस्नु हानिकारक

मेरोन्यूज २०७८ भदौ २६ गते ७:१९

काठमाडौँ । व्यस्त जीवनका बीच केही समय फुर्सत निकालेर आराम गर्नु सबैका लागि राम्रो मानिन्छ । तर, लामो समय आराम बस्नु वा एक्लै बस्नु भने निकै हानिकारक भएको अध्ययनले देखाएको छ ।

अमेरिकन मनोविज्ञ एसोसिएशनको अध्ययनअनुसार लामो समय एक्लै बस्दा मानिसलाई आरामभन्दा बढी तनाव हुने जनाइएको छ । ५ देखि ७ घण्टासम्म खाली बस्दा विस्तारै तनाव बढ्ने उल्लेख गरिएको छ । प्रमुख अनुसन्धानकर्ता सहायक प्रोफेसर मारिसा शरिफले मानिसहरू लामो समयसम्म व्यस्त हुँदा धेरै थकान हुने भएकाले खाली समय चाहिए पनि धेरै लामो समय बस्न नहुने बताए ।

अनुसन्धानका अनुसार लामो समय काम गर्नु पनि ठिक होइन, लामो समय एक्लै खाली बस्नु झन खराब हुने गर्दछ । शोधका क्रममा शरिफसहित उनको टिमले २१ हजारभन्दा बढी अनुसन्धानमा सहभागी मानिसमा अध्ययन गरेका थिए ।

उनीहरूले २१ हजारभन्दा बढी मानिसको तथ्यांक संकलन गरी विश्लेषण गरेका थिए । यसबाट लामो समय एक्लै बस्ने मानिसहरू बढी मात्रामा तनाव हुने देखाइएको थियो ।

प्रतिक्रिया