शनिबार, पुष ५, २०८२

आजको राशिफल : भाद्र २७ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ भदौ २७ गते ६:०२

आज २०७८ साल भाद्र महिनाको २७ गते आइतबार, भाद्र शुक्लपक्षको षष्ठी तिथि ।

मेष
समय अनुकुल चलिरहेकाले शुभता बृद्धि हुने छ । पेशा ब्यवसायमा पनि सकारात्मकता बृद्धि हुने छ । परिवारमा समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । मनमा दृढता आउने भएकाले अन्योलताले सताउने छैन् । बाणिमा भने अलि कडापन आउने भएकाले यसबारेमा संयमित रहनु होला ।

वृष
मेहनत र पराक्रमी ढंगले काममा मन लाग्ने भएकाले अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन र ब्यवसायमा सकारात्मक अवस्था रहेको छ । दृढ खालको ब्यक्तित्व बन्ने छ ।साझेदारीमा गरिएका कामहरुमा भने केही अन्योलता देखा पर्ने भएकाले ध्यान दिनु होला ।

मिथुन
परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा हुने साथले केही दृढता दिने छ । बोलीमा मधुरता सृजना हुने छ । परिवारमा प्रेम, शितलता र शान्ति सृजना हुने छ । तर रिस छिटो–छिटो उठ्ने भएकाले संयमित हुनु होला । दृढताको अभाव हुने छ भने आत्मबलमा पनि केही कमि आउने छ ।

कर्कट
नरम खाले ब्यक्तित्व बन्ने छ । अरुले सितलता महशुस गर्ने छन् । मनमा दृढता आउने छ । पेशागत जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा केही कडापनको विकास भएता पनि एकअर्कामा साथ पाइने छ । भाग्यहिनताले गर्दा कार्य सफलतामा ढिलाई हुने छ ।

सिंह
कार्यालयका कामहरुमा मन लाग्ने छ । ब्यवसाय क्षेत्रमा पनि सकारात्मकता संकेतहरु देखिन्छ । कर्मप्रति केन्द्रित हुने समय रहेको छ । तर मनमा भने किै उदासिनता बढ्न जाने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु आउने छन् ।

कन्या
आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । कमाईप्रति मन केन्द्रीत हुने छ । पेशागत जीवनमा केही अवरोधहरु आउने छन्, बादबिबाद हुने देखिएकाले संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा भने टकराव उत्पन्न हुने छ ।

तुला
पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । जीवनसाथि र परिवारका सदस्यहरुको साथले भाग्योदय हुने भएकाले उनीहरुको साथ लिएर काम गर्नु भएमा सफलता प्राप्त हुने छ । नेतत्व क्षमतामा भने गिरावट आउने भएकाले अरुले हेप्ने छन् । अन्योल खाले ब्यक्तित्व हुन जाने छ । शेयर बजार अनुकुल रहने छैन् ।

वृश्चिक
भाग्यको साथ रहेकाले कठिनाईसँग जुध्न तागत मिल्ने छ । तर मनमा भने अलि नकारात्मक चिन्ताले सताउँने छ । भविष्यको चिन्ताले आवश्यकता भन्दा बढि चिन्ता बढाई दिने भएकाले वर्तमानलाई बलियो बनाउनेतर्फ ध्यान दिनु होला । शारीरिक कमजोरी देखा पर्ने छ । मनोबलको कमि हुन जाने भएकाले दृढताको अभाव हुने छ ।

धनु
मनमा खिन्नताको मात्रा बढ्ने छ, यसले गर्दा मनोबल कमजोर हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि भनाभनको अवस्था आउने छ । चिसोले अत्याधिक सताउने भएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने र बादबिबाद चर्किने छ । कार्यालय तथा कार्यक्षेत्रबाट पारिश्रमिक पाउन जुध्नु पर्ने छ ।

मकर
दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । परिवारमा मिलन हुने छ । मनमा शान्तिको आभाष आउने छ । आम्दानीमा भने केही गिरावट देखा पर्ने छ । दृढ खाले ब्यक्ति हँदा हुँदै पनि रिस धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने छ ।

कुम्भ
आम्दानीमा भने बृद्धि हुने भएकाले केही सन्तोष मिल्ने छ । बौद्धिकतामा पनि सकारात्मक लाभ प्राप्त हुने छ । कुनै पनि विषयमा सँग–सँगै धेरै विचारहरु आउने भएकाले अत्याधिक अन्योलता देखा पर्ने छ । मनमा दुविधाले सताउने छ । उद्योग ब्यवसायमा श्रम समस्या देखा पर्ने छ ।

मीन
अध्ययन अध्यापनमा मन जाने र बौद्धिक क्षेत्रमा उन्नति हुने छ । चलाख खालको दिमाग हुने भएकाले चतुरता बृद्धि हुनेछ । तर दुविधात्मक ब्यक्तित्व हुने भएकाले अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा चित्रण गर्ने छन् । आम्दानीमा केही बृद्धि हुने हुँदा राहत मिल्ने छ । भाग्यहिनताका कारण मेहनत धेरै तर प्रतिफल कम प्राप्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया