सोमबार, फागुन १८, २०८२

अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने

मेरोन्यूज २०७८ भदौ २७ गते १९:००

काठमाडौं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिवार काठमाडौंमा भएको साधारण सभाले सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने भएको हो ।

साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ ।

पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

वि.सं. २०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया