फेरि उपेन्द्र यादवकै घरमा सत्ता गठबन्धन दलका तीन नेताको जमघट
५ दिन अगाडी मात्रै पनि यादवकै निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच दुई घण्टा लामो छलफल भएको थियो

काठमाडौं । सत्ता गठवन्धन दलमा सहभागी तीन दल नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)का अध्यक्षहरुको बैठक आज फेरि बसेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै निवास प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको छलफल शुरु भएको हो ।
यस अगाडी पनि यी तीन नेताको यादवकै निवासमा बैठक वसेको थियो । भदौं २४ मा विहान पनि यी तीन नेता झण्डै दुई घण्टा छलफल गरेका थिए । आज फेरि उनीहरु दोहोराएर छलफलमा बसेका हुन् ।
छलफलमा समाजवादी पार्टी निर्माण, मनित्रपरिषद् विस्तार लगायतका विषयमा केन्द्रीत रहेर छलफल छ । त्यस्तै आज दिउँसो सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुँदा बनाइने समान धारणा लगायत समसामायिक विषयमा यी तीन नेता छलफल गर्न बसेको बताइएको छ ।
राजनीतिक दल सम्वन्धी अध्यादेश निश्किय नहुँदा सम्म मन्त्रिपरिषद् विस्तार नगर्न जसपा अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमै प्रधानमन्त्री शेरवहादुर देउवालाई आग्रह गरेपछि मन्त्रिपरिषद् विस्तार समेत रोकिदै आईरहेको छ । यही सन्दर्भमा यी तीन नेताको भेटवार्ता भएको हो ।
















रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया