आजको राशिफल : भाद्र ३१ गते बिहीबार

आज २०७८ साल भाद्र महिनाको ३१ गते बिहीबार, भाद्र शुक्लपक्षको दशमी तिथि । आज भाद्र मसान्ति रहेको छ ।
मेष
मनोमलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा अबरोहरु आउने छन् । बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । तर बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने कडापनले हुन खोजेका कामलाई पनि अड्चन सृजना गर्ने छ ।
वृष
व्यक्तित्व चलाख खालको भए पनि मनमा दुविधाका क्रम धेरै आउने छ । यो गरौँ कि त्यो गरौँ भन्ने लागि रहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । रिस कडा देखा पर्ने भएकाले सावधान रहनु होला । व्यवस्थापकीय क्षमतामा निखारता आउने छ ।
मिथुन
मेहनत र पराक्रमी स्वाभाव हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । तर भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका श्रृङ्खला धेरै आउने भएकाले निरन्तर अघि बढ्ने बानी कायम राख्नु होला । पारीवारिक जीवनमा कलह र क्लेस चर्कने छ । पेशागत जीवन औसतमा स्थिर रहने छ ।
कर्कट
साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति नोक्सान हुने चुनौति देखिएको छ । मनोबलमा भारी गिरावट आउनेछ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । बोलीमा भने नरमपना देखा पर्ने छ ।
सिंह
आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् ।आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ ।
कन्या
दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने देखिन्छ । भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ ।
तुला
शितल स्वाभावको व्यक्तित्व हुने भएकाले अरुले मन पराउने छन् । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव सृजना हुने छ । व्यवस्थापकीय क्षमतामा तिब्र गिरावट देखिने छ ।
वृश्चिक
लद्युताभाषको तिब्रताले सताउने छ । मनमा दुविधाले असाध्यै सताउने छ । भाग्यको साथ नरहेकाले कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । आफूले आफैप्रति विश्वास नलागे जस्तो हुने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ ।
धनु
पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथ सहित अघि बढ्नु होला । छोटो छोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । शरीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । मनले कमाई गर्नु पर्छ भनि अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य, मनोबलले साथ दिने छैन् । जसले गर्दा आलश्यताले सताउने छ ।
मकर
। मनमा दृढता बढ्ने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा धेरै हुने भएकाले यसबारेमा संयमित रहनु नै ठिक हुने छ । व्यक्तित्वमा पनि निखारता आउने छ साझेदारीमा गरिएका कामहरुमा गम्भीर चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढटा भने आइरहने छ । आम्दानीमा ह्रास आउने छ ।
कुम्भ
पारीवारिक जीवनमा मिलन हुने छ । बौद्धिकतामा वृद्धि भए तापनि प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास देखा पर्ने छ । पेशागत जीवन स्थिर खालको रहने छ । उद्योग व्यवसायमा संलग्नहरुको हकमा भने श्रम समस्यासँग जुध्नु पर्ने छ । मनमा आउने दुविधाका क्रमले गर्दा अन्योलग्रस्त व्यक्तित्व बन्ने छ ।
मीन
अन्तरमुखी स्वाभावमा बृद्धि हुने छ । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा केही बृद्धि हुन जाँदा त्यसले केही राहत प्रदान गर्ने छ । मनमा निराश भावहरु एकपछि अर्काे गर्दै निरन्तर आउँदा दुविधाको चपेटामा परिने छ । सञ्चित धन तथा सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने चुनौति देखिएको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया