दुई दिनभित्रै सरकारले पूर्णता पाउने प्रचण्डको दाबी

जनकपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्रै गठबन्धन सरकारले पूर्णता पाउने बताएका छन् ।
पार्टीको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आइपुगेका प्रचण्डले प्रशिक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरे ।
‘प्राविधिक कारण’ले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको भनाइ थियो ।
एमसीसीमा विवाद छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा कुनै विवाद नरहेको पनि बताए ।
एमसीसीबारेमा विवाद भई गठबन्धन टुट्न लागेको भनी भ्रम फैलाउने काम भएको भन्दै उनले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको दाबी गरे । गठबन्धनमा असन्तुष्टी रहेको भनी प्रतिगामी शक्तिले भ्रम फैलाएको उनको भनाइ थियो ।
संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेको भन्दै प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे । उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु तोडमोड भएकै कारण यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने स्पष्ट गरे ।
उनले अमेरिकी संसद्मा एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्किएको बताए । तर प्रचण्डले एमसीसीलाई इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो होइन भन्नेबारेमा भने केही कुरा बोलेनन् ।
















रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया