दुई दिनभित्रै सरकारले पूर्णता पाउने प्रचण्डको दाबी

जनकपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्रै गठबन्धन सरकारले पूर्णता पाउने बताएका छन् ।
पार्टीको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आइपुगेका प्रचण्डले प्रशिक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरे ।
‘प्राविधिक कारण’ले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको भनाइ थियो ।
एमसीसीमा विवाद छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा कुनै विवाद नरहेको पनि बताए ।
एमसीसीबारेमा विवाद भई गठबन्धन टुट्न लागेको भनी भ्रम फैलाउने काम भएको भन्दै उनले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको दाबी गरे । गठबन्धनमा असन्तुष्टी रहेको भनी प्रतिगामी शक्तिले भ्रम फैलाएको उनको भनाइ थियो ।
संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेको भन्दै प्रचण्डले गठबन्धन नटुट्ने दाबी गरे । उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु तोडमोड भएकै कारण यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने स्पष्ट गरे ।
उनले अमेरिकी संसद्मा एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्किएको बताए । तर प्रचण्डले एमसीसीलाई इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो होइन भन्नेबारेमा भने केही कुरा बोलेनन् ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया