दैलेखमा रित्तियो जनमोर्चा, सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित

काठमाडौं । दैलेखमा राष्ट्रिय जनमोर्चा रित्तो बनेको छ । जनमोर्चाको सिङ्गो जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएपछि रित्तो बनेको हो ।
जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट सिङगो जिल्ला कमिटी एमालेमा समाहित भएको राष्ट्रिय जनमोर्चा जिल्ला कमिटीका अध्यक्ष अम्बरबहादुर नेपालीलाई उद्धृत गर्दै न्यूज कारखानाले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दैलेख राजमोलाई एमालेमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही छन् ।
त्यस्तै, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटकबहादुर शाही, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष गीताकुमारी खत्री, कानुन व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी पनि एमाले प्रवेश गरेका छन् ।
















कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया