सोमबार, फागुन १८, २०८२

युनिलिभर नेपाल कारबाहीमा पर्ने संकेत

मेरोन्यूज २०७८ असोज ६ गते १६:१७

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने भएको छ ।

कम्पनीको केही कार्यमा शंका देखिएकाले थप अनुसन्धान प्रक्रिया अघि बढाइएको र ठगी प्रमाण फेला परे कारबाही प्रक्रिया अघि बढाइने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

उनले हेटौडास्थित युनिलिभर नेपालको उद्योग परिषरमा म्याद गुज्रेको चियापत्ती बरामद भएकाले थप अनुसन्धानका लागि स्थानीय प्रशासनको सहभागितामा प्रक्रिया अगाडि बढाएको उल्लेख गरे ।

सन् २०१९ मा उत्पादित चियापत्ती २०२० सम्म प्रयोग गरिसक्नुपर्ने मिति प्याकेटमा राखिएको भएपनि बजारमा देखिएको र उद्योग परिसरमा रिप्याकेजिङ देखिएकाले थप अनुसन्धान अगाडि बढाएको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

बहुराष्ट्रिय कम्पनी युनिलिभरमा ३२ टन म्याद गुज्रिएको चियापत्ती बरामद गरेपछि स्थानीय प्रशासनले गत भदौ १७ गते सिल गरेको थियो ।

भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्तीलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्रान्डमा बजार पठाउने गरेको फेला परेकाले थप अनुसन्धान जारी रहेको र प्रमाण फेला परे कारबाही गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विभागले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्नका लागि परेको अभियोगमा मुद्दा अघि बढाएको उल्लेख गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया