आजको राशिफल : आश्विन ७ गते बिहीबार

आज २०७८ साल आश्विन महिनाको ७ गते बिहीबार, आश्विन कृष्णपक्षको तृतीया तिथि । आज सोह्रश्राद्धअन्तर्गत तृतीया श्राद्ध रहेको छ ।
मेष
पेशागत जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । मनमा दुविधा अत्याधिक आउन जाँदा निर्णय क्षमतामा कमि आउने छ । व्यवस्थापन, राजनीति, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
वृष
मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला ।साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय कठिन देखिन्छ ।
मिथुन
दृढ खालको व्यक्तित्व हुनेछ । पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।
कर्कट
पेशागत जीवन अनुकुल रहँदा समेत आफुलाई भाग्यले साथ नदिएको जस्तो आभाष भइरहने छ । यस विषयमा सचेत रहनु होला । चतुरतामा बृद्धि हुने भएता पनि रिस कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन पुग्ने छन् । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
सिंह
खुशी तथा दुःखमा आँखाबाट आँशु आउने स्वाभाव हुने छ । मनमा अत्यन्त उदासिनता आउने छ । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा, मांस पदार्थ जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
कन्या
भाग्यको साथ रहेकाले कतिपय विषय वस्तु बिग्रिन खोजे जस्तो हुँदा हुँदै पनि सकारात्मक नतिजा दिनेतर्फ ढल्कन जाने छन् । आम्दानीमा गिरावट आउँदा त्यसले मनमा र आन्तरिक चतु¥याईँमा नकारात्मक असर पार्ने छ । अध्यापन, शिक्षण, शिक्षा क्षेत्र, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।
तुला
सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने जोखिमपूर्ण समय रहेकाले सतर्क भइ पाइला चाल्नु होला । पेशागत जीवन अस्थिर बन्ने छ । भाग्यहिनताको आभाष हुन जाने छ । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ ।
वृश्चिक
मनोबल कमजोर हुनेछ । अध्ययन अध्यापनमा मन जाने छैन् । रक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला । पारीवारिक जीवनमा सकारात्मकता थपिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय छ ।
धनु
भाग्यहिनताको अवस्था छ । यसले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु होला । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
मकर
सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । आम्दानीका विषयमा मनमा असन्तोष बढ्ने देखिन्छ । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला ।
कुम्भ
समय प्रतिकुल रहेकाले धैर्यता नगुमाई पाईला चाल्नु होला । प्रतिष्पर्धीले धेरै पेल्ने छन् । मनमा उदासिनता बढ्न जाने छ । पेशागत जीवनमा अस्थिरता आउने छ । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ । पेशागत र व्यावसायि जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला ।
मीन
दृढताले भरिएको व्यक्तित्व हुने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने भएकाले बेलैमा सचेत भएर अघि बढ्नु होला । रिस कडा उत्पन्न हुने भएकाले रिस नियन्त्रणमा विशेष ध्यान दिनु होला । दाम्पत्य जीवनको विषयमा मनमा चिन्ता बढ्न पुग्ने छ । पेशागत तथा व्यावसायिक जीवनका यात्रा उतार चढावपूर्ण देखिन्छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया