सरकारलाई खर्च गर्न बाटो खुल्यो, राष्ट्रपतिले गरिन् बजेट प्रमाणीकरण
मेरोन्यूज
२०७८ असोज ७ गते १८:५१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । बिहीबार बजेट प्रमाणीकरण गरेसँगै सरकारले खर्च गर्ने बाटो खुलेको छ ।
संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार घटाउँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । अघिल्लो सरकारले ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो ।
राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एक साता लामो बेखर्ची बनेको सरकारले भोलिदेखि संघीय सञ्चित कोष चलाउन पाउने छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया