पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : अफगानिस्तानलाई सहयोग गरौँ

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्र संघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका हुन् ।
उनले सयुक्त राष्ट्र संघको ७६ औँ महासभालाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् । उनले सयुक्त राष्ट्र संघको ७६ औँ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पछि परे विश्व समुदाय नै पछुताउने अवस्था आउने बताए ।
उनले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले सम्मेलनलाई गरेको सम्बोधनमा भने, ‘यदि, अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्को वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै गम्भीर भइसक्ने छ ।’
उनले अर्को वर्षसम्ममा अफगानिस्तानका कम्तीमा ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने बताएका थिए । उनले त्यहाँको अवस्था बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिक रुपमा कमजोर हुँदै गएकाले सबैले चनाखो भएर काम गर्नु पर्ने धारणा राखेका थिए ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया