मन्त्रालयका सचिव भन्छन्– मल भण्डारण र वितरणमै समस्या

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन् ।
सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताए ।
उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए ।
उनले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए ।
मन्त्रालयका सचिव आचार्यले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताए ।
मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए ।
यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको भन्दै उनले यसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको उल्लेख गरे ।
किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरुको भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए ।
उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे ।
प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिए ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया