राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।
सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजबादी दल दर्तालाई सहजीकरण गर्न सरकारले अद्य्यादेश ल्याउने काम गरेको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख)बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । आइतबार बालुवाटार मा बसेको सत्ता गठबन्धन दलका बीच अद्य्यादेश फिर्ता लिने सहमती बनेको थियो । अद्य्यादेश मा दल बिभाजन का लागि सजिलो प्राबधान राखेको ले जसपा ले अफनो दल बिभाजन हुन सक्ने भन्दै मन्त्री परिषद बिस्तार अघि अद्य्यादेश फिर्ता हुनु पर्ने माग गर्दै आए को थियो । यो सगै प्रधानमन्त्री शेर बहादुर देउबा लाई अब भने झन्डै ८० दिन पछि मन्त्री परिषदलाई पूर्णता दिन गठ बन्धन दलभित्रै बाटो खुलेको छ ।

















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया