आर्दश महिला विकास केन्द्रलाई एनआरएनए ओशिनियाले गर्यो करिब साढे ४ लाख रुपैयाँ सहयोग

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा विभाग संयोजक (अध्यक्ष उम्मेदवारकी प्रत्यासी) रविना थापाले आदर्श महिला विकास केन्द्र चितवनलाई करिब साढे चार लाख बराबरको रकम हस्तान्तरण गरेकी छिन् ।
महासचिवका पत्यासी विनय अधिकारी लगायतको उपस्थितमा संयोजक थापाले बालिका र महिला सशक्तिकरण विषयमा कार्यक्रम सञ्चालन गर्न आर्दश महिला विकास केन्द्रकी मिना शर्मालाई मंगलबार चार लाख १५ हजार ७ सय रकम हस्तान्तरण गरेकी हुन् ।
ओशिनिया एनआरएनए परियोजना संयोजक जानकी पौडेल र केन्द्रकी मिना शर्माबिच यसअघि नै उक्त परियोजना सञ्चालनका गर्ने विषयमा सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम उक्त रकम पौडेल संकलन गरेर पठाएको रकम हस्तान्तरण गरिएको हो ।
उक्त परियोजना अन्तगर्त स्कुलका विद्यार्थीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिने, घरेलु हिंसा र मानसिक स्वास्थ्य जागरूकता,विदेशी आप्रवासी कामदारहरुको लागी महिलाहरुलाई अभिमुखीकरण आदिमा का गर्नुपर्ने छ ।











प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया